शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुवोधनी माविमा वि.व्य.स. को नयाँ कार्य समिति गठन, अध्यक्षमा पौडेल सर्वसम्मत

गणेश बेल्बासे संगम/अर्घाखाँची । अर्घाखाँचीको शितगंगा-१० बर्रे स्थित सुवोधनी माध्यमिक विद्यालयमा बुधबार बसेको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति गठन गरेको छ ।

 

नेकपा र काङग्रेस दुई दल बिच भएको राजनैतिक सहमती अनुसार माधव पौडेलको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा भक्त बहादुर भण्डारी, रवि बहादुर बेल्बासे, महिला सदस्यमा कान्ता पोख्रेल, नर्मदा बेल्बासे, लक्ष्मी बेल्बासे सर्वसम्मत भएका छन् ।

 

सोही अवसरमा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै वडा नं. १० का अध्यक्ष हिम्मत पोख्रेलले पूर्न:गठित वि.व्य.स.लाई बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
 

कार्यक्रममा बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी लगाएतका स्थानिय अभिभावकहरुको उल्लेख्यनिय उपस्थिती रहेको थियो ।

औपचारीक घोषणा कार्यक्रम निवर्तमान अध्यक्ष थानेश्वर बेल्बासेको अध्यक्षता र शिक्षक दुर्गा प्रसाद बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।