शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

संगीतको माध्यमबाट अर्घाखाँचीलाई विश्व मा चिनाउन पर्छ ,रायमाझी

काठमाडौं  । शनिबार मोतीराज खनाल र राधा आचार्य अधिकारीको स्वरमा रहेको ‘सधंै तमासा’ नामक तीज गीतको विमोचन गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् ।
उनले अर्घाखाँची प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक रुपमा निकै धनी रहेको र यसको पहिचानलाई संसारसामु चिनाउन आवश्यक रहेको बताए ।

रायमाझीले गीत संगीतको माध्यमबाट अर्घाखाँचीलाई विश्वभरि चिनाउन आवश्यक रहेको वताए।नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा मोतीराज खनालको शब्द तथा गिता पराजुलीको संगित रहेको ‘सधंै तमासा’ नामक तीज गीतकोे म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो ।

चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन र कमल सौरागले एरेन्ज गरेका हुन् ।for vedio

 

https://www.youtube.com/watch?v=m9LEXn8AgkE