शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

समाजसेवामा अग्रसर हुदैं शितगंगा-१० का युवाहरू, विभिन्न अभियानबाट संकलित रकमबाट भवन निर्माण गरिने

गणेश बेल्बासे संगम/अर्घाखाँची । पछिल्लो समय गाँउघरका युवाहरू समाजसेवामा अग्रसर हुँदै काम गरिहेका छ्न । संस्कृतिको जगेर्नाका साथै सामाजिक क्षेत्रको विकासका लागि पनि अग्रसर हुदै आफ्नो जन्मस्थललाई केही गर्नुपर्छ भन्ने सोचको विकास हुन थालेको हो ।

 

यस्तै शितगंगा नगरपालिका वडा नं. १० बाटुले स्थित जनसाँस्कृतिक युवा क्लबका युवाहरू एकिकृत भई सक्रियता पूर्वक सामाजिक क्षेत्रमा अग्रसर हुन थालेका छन । उनीहरूले दशैं एवम तिहारमा आयोजना गरेको साँस्कृतिक तथा देउसी भैलोबाट सङ्कलन गरेको रकमबाट क्लबको सामुदायिक भवन निर्माणका साथै कुस्मा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यमा खर्च गर्ने भएको छ ।

 

क्लबले सङ्कलन गरेको उक्त आर्थिक सहयोगबाट भवन निर्माण तथा शैक्षिक सामग्री वितरणमा खर्च गरिने जन साँस्कृतिक युवा क्लबका अध्यक्ष लोकेन्द्र बेल्बासेले जानकारी दिनुभयो ।

 

क्लबका अध्यक्ष लोकेन्द्र बेल्बासेका अनुसार दशैं र तिहारमा आयोजना गरेको साँस्कृतीक एवम् देउसी भैलो कार्यक्रम गरी उक्त रकम सङ्कलन भएको हो । साँस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रकमले भोज खाने र रमाइलो गर्ने चलन रहेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न भवन निर्माण तथा शैक्षिक सामग्री वितरणमा खर्च गर्ने निर्णय गरिएको अध्यक्ष बेल्बासेले बताए । देउसीबाट सङ्कलन भएको रकमको दुरुपयोग हुन नदिई सही ठाँउमा सदुपयोग गर्न सबै लाग्नु पर्ने अध्यक्ष बेल्बासेको सबैमा अनुरोध समेत गरेका छन ।

यो सामग्री सेयर गर्नुहोस ।