
रातोप्रेस/ बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि-९ स्थित पुलचोक कृषि सहकारी संस्थाको आयोजनामा इमिलियामा तिज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
विशेषगरी हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा सांस्कृतिक कार्यक्रम यहि भदौ २९ गते बिहान ११ बजेदेखि इमिलिया शिवालय मन्दिरको मैदानमा हुने कार्यक्रम संयोजक बसन्ता पोख्रेलले बताउनु भयो । कार्यक्रममा लोक दोहोरी गायक गायिका साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने उहाँले जानकारी गराउनु भयो ।
बुद्धभूमि नगरपालिका वडा नं. ९ को आर्थिक सहयोगमा हुने उक्त कार्यक्रममा उपस्थित हुन सम्पूर्ण आमा तथा दिदीबहिनीहरुलाई अनुरोध गरिएको छ ।