
रातोप्रेस डटकम, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ का २१ वर्षीय मोहनलाल जैंसी बिहिबार आज कपिलवस्तुदेखि महाकाली साईकल यात्रामा निस्केका छन् । नेपाल भारतको मैत्रीपूर्ण सद्भभावको सन्देश दिनको लागि युट्युब साईकल यात्रा (१) यात्रामा निष्किएको उनले बताए ।
युट्युब साईकल यात्राका विषयमा जैसीले बताए अनुसार उनले भारतको दार्जिलिङ सम्मको यात्रा पुरा गरिसकेको र अब पश्चिम महाकाली हुँदै भारतको केदारनाथ, मुम्बइ, दिल्ली, गोवा, पन्जाब र चन्डिगढसम्म पुगेर यात्रा समापन हुने बताएका छन ।
कपिलवस्तु जिल्लाबाट यसरी नेपालहुँदै भारतको दार्जिलिङ, केदारनाथ, मुम्बइ, दिल्ली, गोवा, पन्जाब र चन्डिगढ साइकल यात्रा गर्ने जैसी पहिलो साइक्लिस्ट हुन् । युट्युब मार्फत नेपालसँगै भारतसम्म बस्ने नेपाली र छिमेकी राष्ट्र भारतीय नागरिकसम्म शान्तिको सन्देश नेपाल र भारत बिचको मैत्रीपूर्ण सद्भावको सन्देश प्रवाह गर्ने जैसीले बताएका छन् ।
दार्जिलिङसम्मको यात्रा पुरा गरि कपिलवस्तु आएका उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबाट आज पश्चिम महाकालीको यात्रामा निस्केको रातो प्रेस डटकमलाई जानकारी गराएका छ्न । यो समाचार तयार गर्दासम्म उनी कपिलवस्तुको सिमाना धानखोला पुगेको खबर प्राप्त भएको छ ।
शाहसिक र जिवनभरको यादगार युट्युब साइकल यात्रामा निस्केका मोहनलाल जैसीलाई सफल साइकल यात्रालाई कपिलवस्तुबासीले शुभकामना र शुभेच्छा दिएका छन् ।