
रातोप्रेस डटकम/ ठाडा ।
शितगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयाेजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभूत तह (१-५) का शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम आज बिहिबार ठाडामा सम्पन्न भएको छ । उक्त तालिम आसार १९ गतेदेखि संचालन गरिएको थियो ।
सामुदायिक विद्यालयहरुका आधारभूत तह (१-५) मा अध्यापन गर्ने शिक्षकहरु सहभागी भएको उक्त तालिमको शुभारम्भ कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलको अध्यक्षता रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै शितगंगाका नगर प्रमुख छविलाल पौडेलले शितगंगाको समग्र शिक्षामा विषयगत उपलब्धि न्यून रहेको तथ्य स्विकार्दै गुणस्तर सुधार गर्ने दायित्व शिक्षक लगायत सम्बन्धित सबै सरोकारवालाहरुको दायित्व रहेको बताउनु भयो ।
सोहि उद्घाटन अवसरमा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले प्राथमिक तहदेखि नै शैक्षिक गुणस्तर वृद्धि गर्न यस तिन दिने तालिमले नगरका शिक्षकहरुलाई क्षमता विकासका साथै व्यवहारिक तालिम प्रदान गर्ने अपेक्षा लिएको बताउनु भयो ।
आज समापन कार्यक्रममा बोल्दै शिक्षा अधिकृत विनोद पोख्रेलले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि तालिमले थप मद्दत पुग्ने र तालिममा सिकेका कुराहरू विद्यालय प्रयोग गर्नुपर्ने बताउनुभयो । तालिमले शैक्षिक गुणस्तर सुधार गर्न धेरै मद्दत पुग्ने बताउनु भयो । तालिममा बहुआयामिक हुने कुरामा विश्वास गर्दै शिक्षण कार्य प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको र सबैले सिकाइलाई व्यवहारीक रुपमा प्रयाेग गरि व्यवहारत लागू गर्नुपर्ने बताउनुभयो । आधारभूत तह शिक्षाको जग भएकाले जग बलियो बनाउन तालिम संचालन गरिएको पोख्रेलले बताउनु भएको छ ।
तालिममा सहभागी रिषी विश्वकर्माले तालिमबाट शिक्षणको जिवनमा काम लाग्ने महत्वपूर्ण ज्ञान सिकेको र ति सिकेका कुराहरू सबै शिक्षकले व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । त्यस्तै तालिममा सहभागी दिपक बेल्बासेले तालिमले नयाँ पाठ्यक्रमको बारेमा ताजा ज्ञान दिएकाे र तालिम लिन पाउदा खुशी लागेको प्रतिकृया दिनुभयो ।
तालिमलाई तिन दिनसम्म संचालन गरिएको थियो । जसमा अंग्रेजी, गणित र विज्ञान विषयलाई छुट्टा छुट्टै समूह तथा कोठा र छुट्टाछुट्टै प्रशिक्षक मार्फत शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धती, शिक्षण सिकाई विधि र प्रक्रिया तथा नयाँ पाठ्यक्रमको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घतपुग्ने अपेक्षा गरिएको छ ।
तालिममा करिब १ सय भन्दा बढी विद्यालयबाट शिक्षकको उपस्थिति रहेको थियो । तालिममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिको थियो ।
समापन कार्यक्रम शिक्षा अधिकृत विनोद पोख्रेलको अध्यक्षता भएको कार्यक्रमको संचालन प्राविधिक सहायक राज कुमार सिजांलीले गर्नुभएको थियोे ।