बुधबार, अशोज ३, २०८०

Ratopress

Advertisment

SKIP THIS

शितगंगा – ८ मा नि:शुल्क पशु स्वास्थ्य शिविर संचालन

शितगंग – ८ मा निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । शितगंगा नगरपालिका वडा नं. ८ को आयोजनामा वडाव्यापी रूपमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको हो ।

वडाको लाहापे र सातमारा बाहेक अन्य टोलवस्तीमा शिविर सम्पन्न भएको छ । ति टोलमा पनि वितरण गरिने वडा अध्यक्ष रुकेश आलेले बताउनु भएको छ । वडामा कृषकको माग अनुसार निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको अध्यक्ष आलेले बताउनु भयो ।

उक्त शिविरमा बाख्रा, कुखुरा, गाई, भैँसी, सुँगुर, बंगुर लगाएतका पशुलाई निःशुल्क रुपमा उपचार औषधी वितरण गरिएको छ । शिविरमा जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपाको उपचार तथा औषधी निशुल्क वितरण गरिएको पशु प्राविधिक हेमन्त कुमार भट्टराईले बताउनुभयो ।

शिविरमा २ सयभन्दा बढि घरधुरीमा टोलटोलमा पुगेर पशु प्राविधिक सहित वडाको टिम सहभागी भएका थिए ।

शितगंगा नगरपालिका वडा नं. ८ को चालु आ.व. २०७९/०८० को बजेटबाट ३ लाख रुपैयाबाट उक्त शिविर सञ्चालन गरिएको वडा सचिव मिना पन्थीले जानकारी दिनु भयो ।