बुधबार, अशोज ३, २०८०

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-९ मा चालु आ.व. को समिक्षा तथा आगामी आ.व. को लागि राय सुझाव संकलन कार्यक्रम सम्पन्न

घनु गाह मगर, अर्घाखाँची/ रातोप्रेस ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ ले आ.व. २०७९/८० को समिक्षा तथा आ.व. २०८०/८१ को राय सुझाव संकलन कार्यक्रम हिजो एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । वडाले वडाबासीहरु लाई पुराएका सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताहरुको प्रतिक्रिया तथा गुनासाहरुलाई सम्बोधन गर्ने गरी समिक्षा तथा राय सुझाव संकलन कार्यक्रम गरेको हो ।

कार्यक्रमबाट जनगुनासाहरु सुन्न, जनताको समस्यामा छलफल गर्न, वडाका वार्षिक कार्यहरुको मूल्यांकन गर्न, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष भिम केसीले बताउनु भयो । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० मा भएका काम र योजनाहरूको विनियोजित बजेट र सम्पन्न आयोजनाहरुको बारेमा वडा अध्यक्ष भिम केसीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित वडा बासीहरुले खानेपानीको समस्या, बाटो, कृषि, स्वास्थ्य, शिक्षा लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए । वडा बासीहरुको प्रश्नलाई वडा अध्यक्ष भिम केसीले सम्बोधन गर्दै जवाफ दिनु भएको थियो ।

वडाको विकासको लागि आफु सदैव लागि परेको भन्दै वडा अध्यक्ष केसीले आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट वडाका गतिविधीलाई निगरानी गर्नुपर्ने र खबरदारी गरीरहनु पर्ने बताउनु भयो । अध्यक्ष केसीले वडाले विकासका कामलाई तिव्रता दिईरहेको बताउनु भयो । पहिलो स्थानिय तहको निर्वाचन ५ वर्ष सम्पन्न भएको र दोस्रो स्थानिय तहमा निवार्चन पछि पहिलो वर्ष सम्पन्न भएको भन्दै उहाँले आगामी दिनमा समेत धेरै काम गर्न बाकी रहेको बताउनु भयो ।

नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष केसीले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा योजना छनौटका क्रममा जनताले सडकको स्तरोन्नित, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिन सुझाव दिएसँगै आ.व. २०८०/८१ मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएको छ । त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकता राखिने बताइएकाे छ ।

कार्यक्रममा वडा अध्यक्ष भिम केसीले आगामी योजनामा दिर्घकालिन खालका योजनामा जोड दिने बताउनु भयो । प्रमुख प्राथमिकता सडक, कृषि, पशु, शिक्षा, स्वास्थमा जोड दिने उहाँको भनाई रहेको छ ।

कार्यक्रममा वडाका प्रतिनिधी, पार्टीका प्रतिनिधी, विभिन्न टोलका टोल प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, शिक्षक, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगाएतको उपस्थिति रहेको थियो ।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष भिम केसीको अध्यक्षता, जिल्ला समन्वय समितिका पूर्व उप प्रमुख ऋषि बहादुर पुलामीको प्रमुख आतिथ्यता र वडा सचिव हेमन्त कुमार भट्टराइकाे संचालनमा सम्पन्न भएको थियो ।