शुक्रबार, अशोज ५, २०८०

Ratopress

Advertisment

SKIP THIS

लाहापेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रातोप्रेस/ अर्घाखाँची ।

सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि शितगंगा नगरपालिका वडा नं. ८ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७९।०८० को योजना तथा कार्यक्रमको समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको लागि राय सुझाव संकलन गरेको हो । कार्यक्रममा शितगंगा न.पा. ८ को आयोजना तथा सुराक मिडिया प्रालि र रातोप्रेस डटकमको सहजिकरण रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति लगायतका विषयमामा वडा सचिव मिना पन्थीले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई प्रतिवेदन मार्फत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वडा कार्यालयले प्रदान गरेका सेवा तथा सम्पादन भएका कामहरुको बारेमा जानकारी गरिएको छ । गत वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपी सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्याको बारेमा जानकारी गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालय मार्फत सम्पन्न भएका काम कार्यको विषयमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्बन्धित प्रश्नको बारेमा ८ नं. वडा अध्यक्ष रुकेश आलेले प्रष्ट पार्नु भएको थियो ।

वडा कार्यालयहरू र नागरिक बिचको सम्बन्ध र संवाद स्थापित गर्दै सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेवार बन्न सहयोग गर्ने अध्यक्ष आलेले बताउनु भयो । वडाबाट सन्चालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजानिक गरी जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष आलेको भनाई छ ।

सो कार्यक्रममा वडाका राजनैतिक दल, सामुदायिक वन, शिक्षक, स्वास्थ्य कर्मी, स्वयमसेविका, टोलगत प्रतिनिधी, महिला समूह, सहकारी लगाएतका प्रतिनिधी तथा सहभागी वडाबासी तथा सेवाग्राहीले विभिन्न विषयमा प्रश्न, जिज्ञासा, राय सुझाब राखेका थिए ।

कार्यक्रममा वडाका प्रतिनिधी, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधि, पूर्व जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, पत्रकार लगाएत स्थानीय वडाबासीको सहभागीता रहेको ।

कार्यक्रम वडा अध्यक्ष रुकेश आलेको अध्यक्षता, वडा सदस्य बेल बहादुर रानाको स्वागत मन्तव्य र गणेश बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।