शनिबार, अशोज ६, २०८०

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-११ वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रातोप्रेस/ अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा नं. ११ को सार्वजनिक सुनुवाई कार्यक्रम हिजो बिहिबार आ.व. ०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई र आ.व. ०८०/८१ को लागि राय सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा सुराक मिडिया प्रालिको सहजिकरणमा सम्पन्न भएको हो ।

वडाको खयरभट्टीमा आयोजित सो सुनुवाई कार्यक्रममा ०७९/०८० को निति तथा योजना कार्यक्रमको ११ वडाबाट भएको गतिविधी सम्बन्धि आम नागरिकलाई वडा सचिव सावित्रा गैरेले वडाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

वडा कार्यालय मार्फत सम्पन्न भएका कार्ययोजनाको बिषयमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्बन्धित प्रश्नको बारेमा ११ वडा अध्यक्ष नवराज भुसालले प्रष्ट पार्नु भएको थियो ।

वडा कार्यालय र नागरिक बिचको सम्बन्ध र संवाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट वडाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट वडाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेवारी र जवाफदेही बनाउन सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष नवराज भुसालले बताउनु भयो । निर्वाचित भएर आएको कार्यकालको पहिलो वर्ष नै ११ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरी जनताको आवश्यकता, गुनासो र जिज्ञासा सुन्न र सुनाउन कार्यक्रम गरिएको वडा अध्यक्ष भुसालले बताउनु भयो ।

कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेवार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नु भयो ।

वडाबाट सन्चालित विकास कार्यक्रम उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजानिक गरि जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष भुसालले बताउदैँ आगामी आ.व. ०८०/८१ मा वडाको बजेट विनियोजन गर्ने क्रममा सबै टोल विकासलाई सहभागी गराएर छलफल गरिएको र सोही अनुसार बजेट विनियोजन गर्ने प्रतिबद्वता गर्नुभयो।

कार्यक्रममा वडाका पुर्व वडा अध्यक्ष कोपिला चन्द आले, पुर्व कार्यपालिका सदस्य विष्णु परियार (गोकुल), पुर्व वडा सदस्य इन्द्र बहादुर पल्ली, नेपाली कांग्रेसका प्रतिनिधी बाबुराम आचार्य, नेकपा एमाले प्रतिनिधी देवेन्द्र रेश्मी, शिक्षाको तर्फबाट टेकलाल शर्मा, सामुदादिक वनको तर्फबाट कर्ण बहादुर कुँवर, स्वास्थ्यको तर्फबाट एच. ए. बानियाँ लगाएत अन्य सहभागी तला सेवाग्राहीले विभिन्न विषयमा प्रश्न, जिज्ञासा, राय सुझाब राखेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य बोम बहादुर विक, वडा सदस्य मिना गाहा, बुद्धि बहादुर नेपाली, विभिन्न राजनैतिक पार्टीका पदाधिकारी एवं प्रतिनिधिहरु, निवर्तमान वडा अध्यक्ष तथा सदस्य, विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी, पत्रकार लगाएत स्थानीय वडाबासीको सहभागीता रहेको ।

कार्यक्रम वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता, वडा सचिव सावित्रा गैरेको स्वागत मन्तव्य र गणेश बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।