सोमवार, अशोज ८, २०८०

Ratopress

Advertisment

SKIP THIS

सिद्धेश्वर शिवालय मन्दिरको नयाँ व्यवस्थापन समिति गठन

रातोप्रेस/कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित सिद्धेश्वर शिवालय मन्दिरको आज शनिवार नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।

बुद्धभूमि-९ का वडा अध्यक्ष प्रमोद आचार्यको संयोजकत्व तथा देवी प्रसाद बेल्बासे र तोकनारायण भट्टराईको सदस्यमा गठन भएको निवार्चन मण्डलले सर्वसम्मत समिति गठन गरेको हो ।

समितिका निवर्तमान अध्यक्ष सन्तोषराज बेल्बासेको अध्यक्षतामा बसेको वृहत भेलाबाट हिमाकान्त अधिकारीको अध्यक्षतामा १३ सदस्यीय व्यवस्थापन समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा लिल बहादूर कुवँर (प्रदिप) र दिलमाया खत्री, सचिवमा जिवनारायण खनाल र कोषाध्यक्षमा थानेश्वर घिमिरे चयन भएका छन ।