बुधबार, अशोज ३, २०८०

Ratopress

Advertisment

SKIP THIS

शितगंगा- ११ को आयोजनामा शैक्षिक भ्रमण सम्पन्न

रातोप्रेस/ अर्घाखाँची । शितगंगा नगरपालिक वडा नं. ११ को आयोजनामा शैक्षिक भ्रमण सम्पन्न भएको छ ।

वडा स्थित माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित वडा समितिको प्रतिनिधित्व हुने गरी सञ्चालित शैक्षिक भ्रमण सम्पन्न भएको हो ।

शितगंगा नगरपालिका वडा नं. ११ ले सामुदायिक नमुना विद्यालयको अवलोकन गराएर शैक्षिक स्तर सुधार गर्न सकिने निष्कर्ष निकाल्दै जिल्लाबाहिर शैक्षिक भ्रमणको व्यवस्था गरिएको थियो ।

वडा अध्यक्ष नवराज भुसालका अनुसार बुटवल स्थित देशकै नमुना सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवल र कान्ति माविको भ्रमण गरिएको जानकारी दिनुभयो । अवलोकनका क्रममा कालिका मानवज्ञान मावि बुटवल र कान्ति माविकाे व्यवस्थापन समिति र विद्यालय प्रशासन बिच भएकाे अन्तरक्रिया कार्यक्रमले शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा लिइएको उहाँको आशा रहेको छ ।

सोही कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, शिक्षा अधिकृत विनोद पोख्रेल लगाएतको समेत उपस्थिति रहेको थियो ।