शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमर ज्योति क्लबको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी निर्वाचित

कपिलवस्तु । अमर ज्योति क्लब, बुद्धभुमिको चौथो अधिवेशन सम्पन्न भएको छ । आज शनिबार बुद्धभुमि–१ स्थित तारकेश्वर धामको भवनमा सम्पन्न सातौं साधारणसभा तथा चौथो अधिवेशनले कमल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा भक्तिराम घिमिरे, सचिवमा पारसमनी भुसाल, कोषाध्यक्षमा गंगा पाण्डे र सह- सचिवमा सलमान अहमद रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यहरुमा सिमा बिक, पदम मिश्रा, देबेन्द्र बिक, बिष्णु केसी, बिनोद गाहा लगायत निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्न अहोरात्र खट्नुहुने टीमलाई धन्यवाद दिएका छन् । उनले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘यसअघि भएका राम्रो कार्यलाई निरन्तरता दिदै एकताबद्ध भएर अघि बढ्छौं ।’

अध्यक्ष लक्ष्मण पान्डेको अध्यक्षतामा भएको सस्थाको सातौं साधारणसभा तथा चौथो अधिवेशनको बुद्धभुमि नगरपालिकाकि कार्यपालिका सदस्य कमला चौधरीले उद्घाटन गरेकि थिइन् । २०६७ सालमा स्थापना भएको अमर ज्योति क्लबले सामाजिक काम गर्दै आएको छ ।

कार्यक्रमको अतिथिको रुपमा रविलाल घिमिरे, केशव बेल्बासे, वसन्त अधिकारी, प्रदिप बिसि, प्रेम नारायण अधिकारी, इन्द्रमणी बेल्बासे, बिष्णु भुसाल, दधिराम घिमिरे, मोहन शर्मा, राम प्रसाद खनाल, राम लाल पौडेल अर्जुन भट्टराई, हुमलाल गैरे लगायतको उपस्थिति रहेको थियो ।