शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अन्तर अर्घाखाँची वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

विक्रम आचार्य/ शितगंगा, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तर अघाखाँची वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ ।

शितगंगा ६ को खेल मैदान देउरालीमा विहिवार जेष्ठ ११ गते सम्पन्न फाईनल खेलमा शितगंगा १ सुवर्णखाल समुहलाई पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो । घरेलु मैदानमा ३– २ को सेटमा शितगंगा १ लाई पराजित गरेर आयोजक प्रतियोगिताको बिजेता बनेको छ ।

प्रतियोगिताको विजेता आयोजक समुहले ३० हजार रुपैयाँ नगद मेडल र प्रमाण पत्र पाएको छभने उप–विजेता बनेको शितगंगा १ सुवर्णखालले २० हजार मेडल र प्रमण पत्र प्राप्त गरेको छ । सेमीफाईनलमा प्रबेश गरेका अन्य दुई समुह मध्ये भुमिकास्थान ४ को समुह तृतिय स्थान स्वरूप १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो साथै विभिन्न विधामा उत्कृष्ट खेलाडी लाई नगद मेडल प्रमाण पत्र प्रदान गरियको वडा सचिव हिमाल भुसालले जानकारी दिनुभयको छ ।

१४ समुहको सहभागिता रहेको भलिबल प्रतियोगिता गत जेष्ठ ९ गतेदेखी सुरु भएको थियो ।

बिजेता खेलाडीहरुलाई वडा नं. ६ का वडा अध्यक्ष ऋषि रेश्मी वडा नं. १ का वडा अध्यक्ष मान बहादुर सिंजापति कार्यपालिका सदस्य कमला परियार लगायत वडा नं. ६ का जनप्रतिनिधी अथितीगणले पुरस्कार बितरण गर्नुभएको थियो ।

समापन कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष ऋषि रेश्मी को अध्यक्षता र वडा सचिव हिमाल भुसालको सञ्चालनमा सम्पन्न भएको छ ।