बिहिबार, जेष्ठ १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

शम्भु आविमा वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रातोप्रेस/अर्घाखाँची । शितगंगा नगरपालिका वडा नम्बर ११ को आयोजनामा प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता खयरभट्टीमा सम्पन्न भएको छ । ७ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा दुम्सी आधारभूत विद्यालयको समूह प्रथम भएको हो ।

 

यस्तै बुद्ध आधारभूत विद्यालय लुंग्रीको समूह द्वितीय, धर्मोदय मावि ढुङ्गेसेराको समूह तृतीय र रुद्रवेनी आवि मौवारीको समूह सान्तवना भएका थिए । सो अवसरमा प्रथम हुनेलाई ३ हजार, द्वितीय हुनेलाई २ हजार र तृतीय हुनेलाई १ हजार ५ सय, सान्तवना हुनेलाई १ हजार र सहभागी विद्यालयलाई समेत ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा चन्द्र ज्योति आविको शिक्षक शिव कुमार बेल्बासेले नम्बर अंकन गर्नु भएको थियो भने समय पालकको भूमिकामा शम्भु आविको शिक्षक हिरा पोख्रेल रहनु भएको थियो ।

सो अवसरमा पूर्व वडा अध्यक्ष कोपिला चन्द आले, प्रमुख अतिथी विनोद पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शितगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नवराज भुसालको अध्यक्षता तथा शितगंगा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । जसमा शम्भु आविका प्रअ टेकलाल शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शम्भु आविका शिक्षक गणेश बेल्बासेले गर्नुभएको थियो ।

त्यस्तै सोही अवसरमा वडास्तरीय प्रअ भेलासमेत सम्पन्न भएको छ । शैक्षिक गतिविधी, शिक्षण सिकाई कृयाकलाप, प्रत्येक शुक्रबार अतिरिक्त कृयाकलाप संचालन, नियमित प्रअ बैठक भेला, परीक्षा संचालन, शैक्षिक भ्रमण लगाएतका विषयमा छलफल तथा निर्णयहरु भएका छन ।