शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

धर्मोदय माविमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

रातोप्रेस/अर्घाखाँची । शितगंगा नगर पालिका वडा नं. ११ स्थित धर्मोदय मावि ढुङ्गेसेरामा नगरस्तरीय प्रथम वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘स्थानीय पाठ्यक्रमको आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता शितगंगा नगरपालिका वडा नं. ११ को आयोजना तथा धर्मोदय माविको व्यवस्थापनमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आयोजकलाई धन्यवाद दिदै स्थानीय तहले विद्यालयहरू संग समन्वय गरी बहु प्रतिभा पहिचान गर्ने खालका कार्यक्रमहरूलाई बढवा दिनुपर्ने बताउनु भयो । उहाँले नगरबाट आगामी योजना तथा कार्यक्रममा समावेश गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षा शाखा अधिकृत विनोद पोख्रेलले विद्यार्थीलाई किताबी कोरा ज्ञानमात्र दिन नहुने बताउँदै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई किताबी संसारबाट बाहिर निस्कन मद्दत गर्ने बताउनु भयो । नगरमा रहेका विद्यालयहरूले अतिरिक्त कार्यक्रमलाई जोड दिनुपर्ने बताउनु भयो । त्यस्तै सोही प्रतियोगितामा नगरमा अवस्थित माध्यमिक विद्यालयहरूको नगन्य उपस्थिति प्रति चिन्ता व्यक्त गर्नुभयो । विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा विद्यालयले वेवास्ता गरेको भन्दै ति विद्यालयका प्रशासनलाई उपस्थित हुन नसक्नुको विषयमा स्पस्टिकरण सोधिने उद्घोष गर्नुभयो । उहाँले नगरको आगामी योजनामा यस खालका कार्यक्रमहरुलाई संचालन गर्न जोड दिने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष नवराज भुसालले समापन कार्यक्रममा बोल्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो । विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा उल्लिखित विषमाथि प्रतियोगीहरूले आ–आफ्नो तार्किक विचार राखेका थिए । प्रतियोगितामा धर्मोदय माविको छात्रा सपना रेश्मी मगर प्रथम, ज्योति मावि ठाडाको छात्रा अपेक्षा खनाल द्वितिय र सुबोधनी मावि बर्रेको छात्र कपिल बेल्बासे तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने विजयी विद्यार्थीहरूलाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

शितगंगा ११ का वडा अध्यक्ष नवराज भुसालको अध्यक्षतामा विद्यालयका प्रअ राम प्रसाद थारुको स्वागत मन्तव्य भएको कार्यक्रमको संचालन शिक्षक श्यामलाल पाण्डे र शिक्षक गणेश बेल्बासेले गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष केशव प्रसाद बेल्बासे, शिक्षा शाखा प्रमुख विनोद पोखरेल लगाएतका रहनु भएको थियो । त्यस्तै कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसवीशि, बुद्धिजिवी शिक्षक, विद्यार्थी, अभिभावक तथा पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा शिक्षा शाखा प्रमुख विनोद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्णायक मण्डलमा ज्योति भविश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक रुद्रमणी बेल्बासे र जनज्योति मावि कपिलवस्तुका शिक्षक चन्द्र खनालले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।