बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

वैशाख २८ गते शितगंगा-११ मा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

रातोप्रेस, अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा नं. ११ को आ.व. २०७९/०८० को कार्यक्रम अन्तर्गत नगरस्तरीय प्रथम वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्थानीय पाठ्यक्रमको आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता वैशाख २८ गते शितगंगा-११ ढुङ्गेसेरामा आयोजना हुने बताईएको छ । बिहान ११ बजेदेखि सुरुहुने कार्यक्रमको सहजीकरण धर्मोदय मावि ढुङ्गेसेराले गर्नेछ ।

वडाले शितगंगा नगर पालिका स्थित सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई सूचना तथा पत्राचार मार्फत प्रतियोगितामा सहभागिताको लागि अनुरोध गरेको वडा अध्यक्ष नवराज भुसालले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद पुरस्कारको व्यवस्था गरेको छ ।