
कपिलवस्तु । कपिलवस्तु जिल्लाको चार नम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२३ मा कोरियन भाषाको परिक्ष दिएर पढेर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज पिस हिमालयन रिसोर्टमा बिदाइ तथा सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका १ का वडा अध्यक्ष सञ्जु सारु मगरले कोरिया जाने विद्यार्थीहरुले कोरियामा सिकेको सिप ज्ञान र अर्थलाई नेपालमा आएर लगानि गर्नुपर्ने बताउनु भएको छ । देशको आर्थिक अवस्था सबल नहुनुले नै दिनानुदिन कयौं युवायुवती वैदेशिक रोजगारिमा जानुपरेको बाध्यतालाइ स्विकार गर्दै यो अवस्थालाई कोरिया गएर आर्जन गरेको सिपलाइ प्रयोग गरेर अन्त्य गर्नुपर्ने बताउनु भएको छ । आफु पनि ५/७ बर्ष कोरियामा बसेको स्मरण गर्दै त्याहा मात्र कामलाई प्राथमिकता दिने भएकाले आफ्नो स्वास्थ्य देखि सम्पुर्ण कुरामा सजग हुनुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष असिम कडेल क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रालिलाइ नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्याक्त गर्नुभएको थियो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बर ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो ।
कार्यक्रममा उत्तिर्ण प्रशिक्षार्थी ससिन्द्र खड्का ब्राइट लुम्बिनी इन्टरनेसन एजुकेसनले आफुलाइ आर्थिक अवस्था कमजोर भएको बेलामा पनि कोरियन भाषा पढ्ने सहज वातावरण सृजना गरिदिएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाले कोरिया गएर सिकेको सिप र कमाएको पैसालाई नेपालमै आएर लगानि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै प्रशिक्षार्थी सुनिल विस्वकर्माले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले आफु जस्ता कयौँ विद्यार्थीको सपना साकार पारेको भन्दै यसलाई विर्सन नसक्ने बताउनु भएको थियो ।
कार्यक्रममा, संचारकर्मी भुपाल थापा, लोक तथा दोहोरी गायकहरु पुर्ण चन्द्र परियार, शिव खनाल, भक्तिराम घिमिरे, कोरियन भाषा प्रशिक्षक महेस आचार्य, जापानी भाषा प्रशिक्षक कमल आचार्य, आएल्स पिटिइ प्रशिक्षक रामु खनाल लगायतले उत्तिर्ण विद्यार्थीहरुलई बधाई तथा शुभकामना दिदै कोरिया गएर आफ्नो र परिवारको सपना पुरा गरि फर्किएर आफ्नै देश विकासमा लाग्नुपर्ने बताउनु भएको थियो ।
उत्तीर्ण भएका विद्यार्थी, अतिथिहरुलई मायाको चिनो प्रदान गरिएको कार्यक्रममा रास्ट्रिय तथा स्थानीय कलाकार बाट साङ्गितिक कार्यक्रम समेत गरिएको थियो । जनप्रतिनिधि, सस्थाका प्रतिनिधि, कर्मचारी, विद्यार्थी, पत्रकार लगायत विभिन्न व्याक्तिहरुको उपस्थिति रहेको कार्यक्रमा कोरियन भाषा प्रशिक्षक कमल भट्टराईको स्वागत तथा पत्रकार हरि आचार्यको संचालनमा सम्पन्न भएको थियो ।