बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

मोरङका ३१ वर्षीय बिनोद क्यान्सर रोगबाट ग्रसित परिवार द्वारा सहयोगको याचना

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३१ बर्षीय बिनोद बिश्वकर्मालाई ठूलो आन्द्रामा क्यान्सर भएको छ ।

मोरङको बिराट मेडिकल कलेजमा चेकजाँचका क्रममा क्यान्सर भएको डाक्टरले आशंका गरेपछि भरतपुर रिफर गरिएको हो ।

भरतपुर क्यान्सर अस्पतालमा उनलाई भर्ना गरियो । तर, आर्थिक अभावले उपचारमा समस्या आएको छ ।

‘दाइ केही समय अघिदेखि बिरामी हुनुहुन्थ्यो । तर उपचार हुनसकेको थिएन । धेरै विरामी भएपछि उपचारका लागि घरबाट मोरङ ल्याइयो , चेकजाँच गर्दा दाईलाई डाक्टरले भरतपुर लान सुझाव दिनुभयो । भरतपुरमा चेकजाँच गर्दा ब्लड क्यान्सर भएको थाहा भएको बहिनी आर्जुले बताउनुभयो ।

मोरङबाट चितवन र चितवनबाट मोरङ ल्याउन र उपचार गर्नमा अहिले सम्म आफन्तहरूले र केही स्थानियहरुले सहयोग गरेका छन् । ‘अब आर्थिक अभाव भएको छ,’ बिरामिका जेठान केदार बिश्वकर्माले गुनासो गरे-‘डाक्टरले पनि डिस्चार्ज गरिदियो के गर्ने अहिलेसम्म सहयोग गरियो अझैं उपचार गर्न आर्थिक सहयोगको याचना गर्दछौं ।’

‘अस्पतालका डाक्टरहरुले २५ लाख खर्च लाग्छ भने’, केदारले भने, ‘त्यत्रो रकम कसरी जम्मा गर्ने अलमलमा परियो । कसैले सहयोग गरिदिए भाईको उपचार हुने थियो ।’

भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोग डाक्टरहरुका अनुसार बिनोदलाई विशेष कक्षमा राखेर उपचार गर्नुपर्ने भएको छ ।

क्यान्सर पीडित बिनोदको ठूलो आन्द्राको उपचार गर्नुपर्ने डाक्टरले भनेका छन् । तर, उपचारका लागि आर्थिक नभएको जेठान केदारले बताए ।

आर्थिक सहयोग गर्न इच्छुकले उपचारमा सहयोग पुर्‍याउन दिदीको मोबाईल नम्बर ९८२४३४०९१५ र क्यान्सर पीडित बिनोदको मोबाईल नम्बर ९८२६०८६८७५ मा सम्पर्क गरी मोरङको बेलबारीमा रहेको आइसी एसिया बैंकको शाखा कार्यलयमा रहेको खाता नम्बर 223575121826001मा रकम जम्मा गरि दाईलाई बचाइदिन बहिनी आर्जु बिश्वकर्माले आग्रह गरेकिछिन ।