बिहिबार, जेष्ठ १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तु उस्सुले जित्यो प्रदेश स्तरीय गोल्ड मेडल

भक्तिराम घिमिरे, कपिलवस्तु ।

पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको कपिलवस्तु उस्सु क्वान ले प्रदेश स्तरीय १३औं रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता मा गोल्ड मेडल हात पारेको छ ।

बैशाख १२ र १३ गते बुटलमा भएको खेलमा कपिलवस्तु उस्सु क्वान ले दुई गोल्ड मेडल र दुई तृतीय मेडल जित्न सफल भएको कपिलवस्तु उस्सुका अध्यक्ष तथा प्रशिक्षक दत्त प्रसाद जोशि ले बताउनुभयो । अध्यक्ष जोशीले उत्कृष्ट खेल खेलेर गोल्ड मेडल जित्न सफल खेलाडीहरुलाई धन्यवाद दिदै खेलाडीको अझ हौसला र मनोबल बढाउन सरकारले प्रोत्साहन स्वरूप सहयोग गर्न सके आगामी दिनहरूमा उस्सु खेलबाट देशलाईनै अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनु भयो ।
गोल्ड मेडल जितेका खेलाडिहरु १३ औं राष्ट्रिय रास्ट्रपति रनिङसिल्डको लागि चुनिएकाछन ।