बिहिबार, जेष्ठ १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-७ काे वडा कार्यालय भवन निर्माण सम्पन्न, आजदेखि भवनबाटै सेवा सुचारू

अर्घाखाँची/ विक्रम आचार्य ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ काे वडा कार्यालय भवन निर्माण भएकाे छ ।

नगरपालिकाकाे ३१ लाख ९३ हजार रुपैया लगानीमा निर्माण भएकाे भवनकाे सोमवार नगर प्रमुख छविलाल पौडेलले एक कार्यक्रम विच उद्घाटन गर्नुभएको छ।

कार्यक्रम नगर प्रमुख छविलाल पौडेलको प्रमुख आतिथ्यतता उपप्रमुख गिता भाट प्रमुख प्रसासकिय अधिकृत झविन्द्र खनालको विशिष्ठ अतिथि साथै योजना प्रमुख नुमलाल खनाल, नेकपा एकिकृत समाजवादी पार्ट्रिका केन्द्रिय सदस्य पिताम्बर सारु, राष्ट्रिय जनमोर्चा नेता जोग बहादुर सारु, पूर्व समन्यय उप प्रमुख ऋषि पुलामि, पूर्व वडा अध्यक्ष मोहन पन्थी लगायत सुरक्षा कर्मि पत्रकार आम वडावासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख छविलाल पौडेलले वडा नं. ७ को वडा कार्यलय उद्घघाटन भएर अब सहज सेवा प्रवाह हुनेछ र यस वडा का अन्य योजना को लागि मेरो दाहिने रहने छ सबै वडामा समान रुपमा योजना कार्यन्ययन गराउन पहल गर्ने वताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले सबै वडामा वडा कार्यलय निर्माण गरि सहज सेवा प्रदान गर्ने वताएका छन् ।

बैठक हलसहित ३ काेठाकाे भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने नगरपालिका र वडा कार्यालयकाे बिस्वास छ ।

भवनकाे निर्माण अर्घा भगवती कन्ट्रसन प्रा.लि.ले गरेकाे थियाे ।

शितगंगा नगरपालिकामा अधिकांश वडा कार्यलय बनिसकेका सुलभ सेवा प्रवाह दिइसकेका र केहि वडा कार्यलय निर्माणाधिन प्रक्रियामा रहेको उप प्रमुख गिता भाटले बताउनु भयो ।

यता नगरमा समेत भब्य र सुविधासम्पन्न कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा रहेकाे अस्थायीका साथै साँघुराे भवनबाट सेवा दिन समस्या भएकाे भन्दै नगरपालिकाले हालकाे कार्यालय परिसर सजह सेवा प्रवाह गरेको नगर पालिकाले जनाएको छ ।

वडा नं. ७ का वडा अध्यक्ष देविराम घिमिरेको अध्यक्षता वडा सदस्य टेक बहादुर गाहाको स्वागत मन्तव्य र वडा सचिव प्रदिप महतको सन्चालनमा कार्यक्रम सम्पन्न भयो ।