
लाहापे/अर्घाखाँची ।
शितगंगा नगरपालिका वडा नम्बर ८ को कार्यालयले अगुवा कृषकहरुलाई ३ दिने अध्ययन अवलोकन भ्रमण गराएको छ । कृषकहरुलाई थप उद्यमशिलता बनाउन गत चैत २७ गते देखि २९ गते सम्म वडाका अगुवा कृषकहरुलाई भ्रमण गराएको हो ।
वडा अध्यक्ष रुकेश आलेको संयोजकत्वमा गरिएको भ्रमणमा रूपन्देही, पाल्पा, पोखरा, चितवन र नवलपरासीमा रहेका व्यवसायिक कृषि तथा पशु फार्मको भ्रमण गरीएको थियो ।
भ्रमणले कृषि पेशा निर्वाहमुखि मात्र नभई व्यवसायीक हुनुपर्नेमा जोड दिएको छ । अवलोकन भ्रमणले नयाँ प्रविधिकाको अध्ययन अवलोकन गरी आफूले गर्दै आएको व्यवसाय अझै उपलब्धिमुलक हुने र कृषिमा बढिरहेको पर निर्भरतालाई हटाई आत्मानिर्भर हुन सहयोग पुग्ने शितगंगा कृषि शाखा प्रमुख अनिल शर्माले बताउनु भयो ।
अगुवा कृषकहरूले भ्रमण निकै फलदायी रहेको बताएको वडा सचिव मिना पन्थीले बताउनु भएको छ । अध्ययन अवलोकन भ्रमणले कृषकहरुलाई धेरै कुरा सिक्ने अवसर मिलेको र ज्ञान हाँसिल गर्न पाउँदा कृषकहरू निकै खुसी भएको पन्थीले बताउनु भयो ।
सदैव कृषि काममा व्यस्त रहेने हामी किसानहरुलाई समय समयमा यस्ता अध्ययन अवलोकन भ्रमणले व्यवसाय प्रति अझै लगाव बढ्ने र आर्थिक समृद्धिमा टेवा पुग्ने वडा अध्यक्ष रुकेश आलेले विश्वास व्यक्त गर्नुभयो ।
अध्ययन अवलोकन भ्रमणमा कृषक, पशुसेवा विज्ञ, जनप्रतिनिधी लगाएतको सहभागीता रहेको थियो ।