शनिबार, जेष्ठ २०, २०८०

Ratopress

Advertisment

SKIP THIS

मोर्मा-बडहरा सडक खण्ड बन्यो चुनाबी “मसला”: आश्वासन आयो बजेट आएन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं २ बडहरा देखि मोर्मा जाने बाटो अझै पिच हुन सकेन । ०७४ सालको स्थानीय निर्वाचन निर्वाचन होस वा संसदिय सबै दलको एउटै चुनाबी मुद्दा  थियो “बडहरा-मोर्मा” सडक खण्ड पिच गर्ने । तर एक कार्यकाल सकिएर अर्को निर्वाचन आउदा पनि चुनाबी मुद्दा उही बन्यो सडक पिच गर्ने ।

जनप्रतिनिधि हरु फेरिए आश्वासन फेरियो तर सडक पिच हुने आशा भने जनता माझ उही नै छ । बडहरा देखि मोर्मा जाने उक्त बाटोमा बर्षायाममा हिलो र गर्मियाममा धुलोले स्थानीयको स्वास्थ्य अवस्थामा समेत समस्या पारेको छ । पटक पटक आश्वासन दिने तर बजेट बनाउने बेलमा उक्त बाटो पिच मर्मत गर्न कुनै किसिमको पहल नगर्ने स्थानीय सरकार सङ रुष्ट स्थानिय हरुले ०८०/८१ को बजेटमा उक्त बाटोको पिच बनाउन पहल गरिदिन आग्रह समेत गरेका छ । निर्वाचन भन्दा अघि निर्वाचन मुद्दा बनाउने तर निर्वाचन जिते पछि एक पटक पनि बाटो अनुगमन निरीक्षण गर्न न आएको भन्दै जनप्रतिनिधिहरुले झुटो आश्वासन देखाएको आरोप समेत लगाएका छन ।