
अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ४ सानदहमा दाेस्राे शितगंगा कृषि पर्यटन तथा औधोगिक महाेत्सव संचालन हुने भएकाे छ ।
कृषिजन्य उत्पादनलाई प्राथमिकता दिँदै महाेत्सव संचालन गरिएकाे उद्याेग बाणिज्य संघ शितगंगाका अध्यक्ष चिन्ताराज अधिकारीले बताउनुभयो ।
महाेत्सवमा १२० स्टल रहने छ भने ती मध्ये हाेटेल, कृषि, पशुपालन, ढाका तथा कपडा समेटिएका छन् । महाेत्सवकाे कृषि मन्त्रि बेदुराम भुसालले उद्घाटन गर्नु हुनेछ । महोत्सब भोलि चैत्र २९ देखि १० दिन चल्ने छ भने करिब ५० हजार दर्शकले अवलाेकन गर्ने अनुमान गरीएकाे छ । जेष्ठ नागरीक र अपाङ्गता भएका लाई टिकट नि:शुल्क रहेने भएको छ ।
महाेत्सवमा सुपादेउरालि मन्दिर, डमरुदह, मगराकाेट मन्दिर, बाणगंगा धाम, बराहदह जस्ता धार्मिक क्षेत्रकाे प्रचार प्रसारमा भुमिका खेल्ने बताईएकाे छ । शितगंगा नगरपालिकामा पशु पालनकाे मुख्य क्षेत्र भएकाेले स्थानिय उत्पादन खसी बाेका, स्थानिय जातकाे लोकल कुखुरा, कालिज समेत महाेत्सव स्थलबाट बिक्री हुने बताईएकाे छ ।