शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिवराजमा सार्वजनिक पद धारण गरेका सबैले छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने

अर्जुन बेल्बासे/ चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधि, शिक्षक , कर्मचारी एवम सार्वजनिक पद धारण गरेका सबैले अब आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।

सूचना :

नगरपालिकाले सूचना निकालेर जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको जनाएको छ ।शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्न सूचनामा भनिएको छ ।

नगरपालिकाले एक सुचना प्रकाशित गर्दै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लागि कदम चालेको नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८० देखि नगर भित्र कार्यरत्त शिक्षक र सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा आफ्नो बालबालिकालाई अध्यापन गराउन भन्दै निर्देशनात्मक सुचना जारी गरेको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयको खस्कदो शैक्षिक गुणस्तरलाई सुधार्न का लागि शिवराज नगरपालिकाले उक्त गृहकार्य सुरु गरेको नगर प्रमुख अजय थापाले बताउनु भयो । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको योजना अगाडि बढाएको नगरपालिकाले संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गराउने जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो गृहकार्य सुरु गरेको उहाँले बताउनु भयो ।

नगरपालिकाले एक सुचना जारी गर्दै सामुदायिक विद्यालयीय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन, २०७४ को दफा ६ को उपदफा (१) मा “शिवराज नगरपालिकामा बसोवास गरी नेपालको सविधान, अन्य प्रचलित कानून, वा अधिकार प्राप्त अधिकारीको निर्णय वा आदेश बमोजिम नियुक्त, निर्वाचित वा मनोनयन हुने र सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्यको पालना वा जिम्मेवारी निर्वाह गर्ने व्यक्तिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देसनात्मक सूचना जारी गरेको छ।

उक्त सुचनामा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्नु गराउनु हुन भन्दै सूचना प्रकाशित गरिएको छ।