शनिबार, जेष्ठ २०, २०८०

Ratopress

Advertisment

SKIP THIS

म नगरबासीको सेवक हुँ : शिवराज नगर प्रमुख थापा

रातोप्रेस डटकम/कपिलवस्तु ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सामाजिक संजालमार्फत आफू नगरबासीको सेवक भएको बताएका छन । नगर प्रमुख थापाले हिजो आफ्नो फेसबुक मार्फत स्टाटस लेख्दै सो कुरा बताएका हुन ।

नगर प्रमुख थापाले आफूलाई मालिक वा शासक नभई जनताको सेवक भएको बताए । उनले सेवकको भावना राखेर काम गर्न सकेमात्रै नगरको विकास सम्भव भएको आसय व्यक्त गरेका छन।

यस अघि पनि जनप्रतिनिधिहरुले जनताको सेवालाई महत्व दिएर काम गर्नुपर्ने बताउदै आएका छन । उनले नागरिकको सेवा नै आफ्नो मुख्य कर्तव्य भएको बताउछन ।

केहि दिन अघिमात्र अस्थायी स्मार्ट शौचालय निर्माणका क्रममा नगर प्रमुख थापाको विरोध जनाएका थिए । चन्द्रौटा बजारको एक सार्वजनिक जग्गामा बनाउन थालिएको सार्वजनिक शौचालय निर्माणमा विरोध आएपनि नगर प्रमुख थापाले निर्माण कार्य नरोकिने बताएका थिए । थापाले शौचालय निर्माणमा अवरोध गर्ने विरुद्ध बोल्दै काम नरोकि बताएका थिए । नगरको सम्पत्तिको रक्षा र सुरक्षा गर्ने दायित्व आफ्नो भएको र नगरले बनाउन थालेको अस्थायी स्मार्ट शौचालय निर्माणमा कसैले विरोध गर्नुपर्ने आवश्यक नभएको उनको तर्क थियो ।

थापाले जोखिम मोलेरै चुनौतिपूर्ण कामहरु गर्दै आएका छन । शिक्षा क्षेत्रमा सुधारको लागि नगर अनुदानमा पढाउँदै आएका शिक्षकलाई हटाई नयाँ शिक्षक राख्न विज्ञापन गरे । यस्ता थुप्रै मुद्धा अगाडी बढाएका थापा कतिपय समयमा घेराबन्दीमा पर्ने गरेका छन ।

थापाले शिवराजका जनताको समस्या समाधान गर्नकै लागि आफू नगर प्रमुख भएको बताएका छन ।

नगर प्रमुख बनेदेखि नगरको विकासका जोखिम उठाउन तयार भएका थापाको यस किसिमका जनहितका कामलाई धेरैले सकारात्मक रुपमा प्रतिकृया दिदै उक्त कार्यको प्रशंसा गर्ने गरेका छन् ।

प्रज्वल वशिष्ठ भट्टराई लेख्छन, “एउटा ३५-३६ बर्ष मुनिको नगरसेवक (५०-७५ बर्ष का उम्मेद्वार संग तुलना गर्दा खेरी मात्रै ‘उमेर’ को प्रयोग गरिएको), जस्ले ११-१२ बर्ष निरन्तर, हरेस नखाई/नमानी, बिना-स्वार्थ, सामाजिक सद्द्भाव तथा सामिप्यता को मापदन्द को अधीन मा रहि, सामाजिक तथा धार्मिक मुल्य-मान्यता लाई सदैब सिरोउप्पर राखी कामकार्य गर्दै हिडेको छ ।। 

उ आज ‘नगरसेवक’ पदबाहल गरि अगाडि बढिरहेको देख्दा/सुन्दा बढो गर्व महसुस गरेको छौ हामी ।। 

१००-१००० नगर बिकाश योजना छलफल गरेको छौ हामिले, अन्यन्तै नगरप्रेमी नगरसेवक हो “अजय थापा”- यो मान्छे लाई बिचलित गर्न आउने र बिचलित हुन दिने, सबै अबरोध हरु लाई, हामि सबैजना मिलेर “सम्झाई बुझाई” गरि – नगर लाई स्वच्छ, सम्मृद्द, सम्पन्न, सफल, सक्छम, स्वतन्त्र बन्न/बनाउन लागि परौ ।।

जाग, लम्क, चम्क !

नगर प्रेमि अजय थापा !!

हाटी सुझाब- “बिचलित कहिल्लै नहुनु,साथमा जन-लस्कर छ ।”

त्यस्तै चित्रबहादुर केसी लेख्छन, “आजको सम्यमित र बौद्धिकता पुर्ण प्रस्तुतिको लागि सलाम छ । राम्रो कामको लागि अगाडि बढेका पाइला कहिले पछाडी सार्न नपरोस । सौचालय भनेको पसल ,घर ,सडक, सार्वजनिक स्थल हस्पिटल …सबै ठाउँ मा नभै नहुने अत्यावश्यक संरचना हो। सबै आम जनता को पुर्ण समर्थन छ ।”

रहिस शाह लेख्छन, “सम्पुर्ण नगरबासीको अभिभावक हो हजुर।हजुरले सम्पुर्णको कुरा सुन्दिनु पर्यो मेयर साहेब।अनि रहयो कुरा बिकासको त हामी सबै मिलि बिकास गरौं ।म पनि बिकास बिरोधी होइन तर जब केही गुनासा दुख आए तपाइकै पहल समाधान हुन पर्छ।नगर सेवकले सम्पुर्ण को सहयोग सहाकार्य सल्लाह सुझाव लिदै अगाडि बढी काम गर्नुहुन्छ भनी बिश्वास लियेको छु।मेरो पनि कहिँ राम्रो काम ,ठाउँमा काम परे जुन समय पनि आउन तयार हुन्छु।
हामी सबै मिलि बिकास गरौं ।”

सोनी कान्छा लेख्छन, “बिकास को लागि जल्ले खुट्टा तान्न खोज्छ हेक्का राख्नु!!

Ajay Thapa सर बिकास को लागि निरन्तर अघि बढ्नु होला ।”

यस्तै सकारात्मक प्रतिकृया धेरैले दिएका छन ।

नगरको विकासमा आफूहरु प्रतिबद्ध रहेको र नगरबासी जनताको काममा इमान्दारिताका साथ काम गर्ने बताउछन । थापाले आफुले नगरप्रमुखको रुपमा शपथ लिदा ईश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको शपथ लिएको स्मरण गर्द इमान्दारीतामा आफु नडगमगाउने उनको संकल्प छ ।

जनताको भावना र चाहनाको पहिचान गरेर काम गर्न सकेमात्रै जनताको मन जित्न सकिने उनको तर्क छ । उनले जनप्रतिनिधिहरु सदैब जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने भनाई रहेको छ ।

शिवराजका नगरप्रमुखलाई चुनौति थपिदै

शिवराजका जनताहरुले नगर प्रमुख अजय थापासँग आकांक्षा बढेको पाइएको छ ।

शिवराजमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क बनाउने, सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्ने तथा नगरको शुशासन कायम गर्न जोडदिने घोषणा प्रति जनताको अपेक्षा बढेको हो । विगतमा दलहरुले जनताको अपेक्षा अनुरुप काम नगरेकै कारण नगर प्रमुख थापासँग शिवराजका जनताहरुले ठूलो अपेक्षा राखेका हुन ।

विगतमा पनि थापाले जनताको घरमा गई पीडितको पक्षमा बोल्दिने काम गर्दै आएका थिए । उतिबेलाको सहयोगलाई सर्वसाधारणले विर्सेका थिएनन् त्यही भएर जनताहरु नगर प्रमुखसँग अपेक्षा राख्नु स्वभाविक लिएको छ ।

शिवाराजलाई भ्रष्टाचारमुक्त नगर बनाउने अभियान बोकेर हिडेका थापालाई एकातिर चुनौति छ भने सर्वसाधारणको अनगिन्ती अपेक्षा थपिदै गएकाले त्यसलाई पूरा गर्न पनि थापालाई चुनौति थपिएको छ ।