बुधबार, बैशाख ५, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगामा दोस्रो मेयर उपमेयर कप खेलकुद प्रतियोगिता सम्पन्न

विक्रम आचार्य(रातोप्रेस) / ठाडा ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको आयोजनमा दोस्रो मेयर उपमेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शितगंगा- १२ रजियामा आईतबार एक कार्यक्रमका बिच प्रतियोगिता समापन गरिएको छ ।

यही चैत्र ९ गते देखि १२ गते सम्म भएको खेलकुद प्रतियोगितामा महिला भलिबल, पुरुष भलिबल र क्रिकेट विधामा प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार, ट्रफी, मेडल र प्रशंसा पत्र वितरण गर्दै सम्पन्न भएको हो ।

शितगंगा नगरपालिकाका विभिन्न वडाबाट सहभागी समुहमध्ये महिला भलिबल प्रतियोगितामा वडा नं. ६ प्रथम, वडा नं. २ द्वितिय र वडा नं. १२ तृतिय स्थान हासिल गरेका छन् । यस्तै पुरुष भलिबल तर्फ वडा नं. १ प्रथम, वडा नं. २ द्वितिय र वडा नं. ७ तृतिय स्थान हासिल गरेका छन् । यस्तै क्रिकेट तर्फ वडा नं. ४ प्रथम, वडा नं. ३ द्वितिय स्थान हासिल गरेका छन् ।

शितगंगा नगर शिक्षा शाखा प्रमुख तथा खेलकुद समिति संयोजक विनोद पोख्रेलको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख गिता भाट, पुर्व नगर प्रमुख सूर्य प्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत भविन्द्र खनाल लगाएतले विजेता तथा उपविजेता समूहलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

समापन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष मान बहादुर सिजांपति, वडा नं. २ का वडाध्यक्ष राम बहादुर ‘गोर्खा ‘ क्षेत्री, वडा नं. ३ का वडाध्यक्ष चिन्तराज अधिकारी, वडा नं. ४ का वडाध्यक्ष दामोदर अधिकारी, वडा नं. ५ का वडाध्यक्ष चन्द्र मणि बेल्बासे, वडा नं. १३ का वडाध्यक्ष दुर्गा विसी लगाएतको उपस्थिति रहेको थियो ।

त्यस्तै नगरका विभिन्न दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, शिक्षक, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यक्रम सफल बनाउन योगदान गर्ने व्यक्तित्वहरु लाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । समापन कार्यक्रमको संचालन शितगंगा एफएमका स्टेशन म्यानेजर अराज बेल्बासेले गरेका थिए ।