शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

विद्यालय कर्मचारी परिषद कपिलवस्तुको पाँचौ अधिवेशन सम्पन्न

हेमन्त थारू (रातोप्रेस)/ कपिलवस्तु ।
नेपाल विद्यालय कर्मचारी परिषद कपिलवस्तुको पाँचौ अधिवेशन बुद्धभूमिमा सम्पन्न भएको छ । अधिवेशन राम अवतार थारूकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । परिषद्काे शनिबार बुद्धभूमि नगरपालिकाको बुड्ढीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्ष खगेश्वरा खड्का, सचिवमा उमेश चौधरी, कोषाध्यक्षमा प्रविन तिवारी रहेका छन । त्यस्तै सदस्यमा विर बहादुर महत्रा, महिला सदस्य इन्द्रा भण्डारी, दुखनी लोनिया, युगेश कुमार चौधरी, सुरेश यादव सदस्यमा रहेका छन ।

त्यस्तै कपिलवस्तुका दश वटै पालिकाका परिषदका नगर अध्यक्षहरु पदेन सदस्य रहने गरी समिति चयन गरियो ।

सल्लाहकारमा नाथु प्रसाद थारू, केन्द्रिय प्रतिनिधी केश बहादुर थापा, खुम विक चयन भएका छन ।

अधिवेशनकाे उद्घाटन सत्रमा बाेल्दै परिषदका केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीका माग सम्बाेधन गराउनका लागि कडाभन्दा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएकाे र जसको लागि सम्पूर्ण विद्यालय कर्मचारी साथीहरू तम तयार रहन निर्देशन दिएका छन । नेपालमा अहिलेसम्म जतिपनि उपलब्धि भएका छन् सबै आन्दोलनबाट मात्रै सफल भएकाले विद्यालय कर्मचारीले पेसागत सेवा सुविधाका लागि सशक्त आन्दाेलन गर्नुपर्ने बताए ।

अधिवेशनमा विशिष्ट अतिथिका रूपमा विद्यालय कर्मचारी परिषदको प्रदेश अध्यक्ष तथा नेपाल शिक्षक महासंघको केन्द्रिय सदस्य गंगा नेपाल, कर्मचारी परिषदका केन्द्रिय सदस्य सुरेन्द्र प्रताप गुप्ता, परिषदका केन्द्रिय सदस्य केश बहादुर थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रम परिषदका कपिलवस्तुका निवर्तमान अध्यक्ष यमलाल भुसालको अध्यक्षता, छविलाल पौडेको स्वागत मन्तव्य र विद्यालय कर्मचारी परिषदका बुद्धभूमि नगर सचिव राम मिलन कुर्मीको संचालनमा सम्पन्न भएको थियो ।