
रुपन्देही । विश्व मौद्रिक सप्ताह २०२३ अन्तरगत सन्चालन भएको वित्तीय साक्षरता तथा गाेष्ठी कार्यक्रम मिति २०७९ चैत १० गते शुक्रबार रुपन्देही जिल्लाकाे देवदह नगरपालिका शङ्खरपुर स्थानमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बैंक तथा वित्तीय सस्था हामीलाई चाहिन्छ, बैंक तथा वित्तीय सस्था हामीलाई आत्मानिर्भर बनाउने साथी हाे भन्ने नाराका साथ समुहका दिदिबहिनीहरु शान्तिपूर्ण र्यालीमा समेत निक्लिनु भएको थियो। कार्यक्रममा बाेल्दै दिदीबहिनीहरुले आफुहरु लामाे समयदेखि लघुवित्त सस्थाहरुकाे सदस्य भई पटक पटक धितो रहित कर्जा लिएर आर्थिक लाभ लिएको, लघुवित्त संस्थाहरुकाे धितो रहित कर्जा सहयोगले गर्दा आफुहरु उद्धमी बन्न,स्वराेजगार बन्न र आत्मनिर्भर हुनमा ठूलाे भुमीका रहेकाेले आफुहरु लघुवित्त सस्थाहरु प्रती सधा सकारात्मक रहने र अरुलाई पनि लघुवित्तहरुले दिएको सकारात्मक याेगदानहरुकाे बारेमा सन्देश बताउने र वर्तमान अवस्थामा देखिएको गलत तथा भ्रमित प्रचार हरुकाे पछाडि नलाग्ने जानकारी समेत गराउनुभयाे।
कार्यक्रममा उन्नति सहकार्य लघुवित्त, साधना लघुवित्त, एन आईसी एसिया लघुवित्त, नयाँ सारथि लघुवित्त,सुर्याेदय ओम्नी लघुवित्त लगायतका विभिन्न वित्तीय सस्थाहरु सहभागी भएका थिए। उक्त कार्यक्रमकाे नेतृत्व उन्नति सहकार्य लघुवित्तले गरेकाे थियो भने कार्यक्रमकाे सन्चालन देवेन्द्र खडका ज्यूले गर्नुभएको थियो।