
भक्तिराम घिमिरे(रातोप्रेस)/अर्घाखाँची ।
यहि चैत ९ गतेदेखि शितगंगा नगरपालिकाको आयोजनामा सुरू भएको दोस्रो शितगंगा नगरस्तरीय मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता फितलो व्यवस्थापनका कारण समापन कार्यक्रम स्थगित भएको छ । पूर्व घोषित गरिएको आज चैत ११ गतेको समापन कार्यक्रम विविध कारण देखाउदै स्थगित गरिएको हो । दिउसो देखिनै महिला भलिबल र क्रिकेट खेल विधाका विजेता तथा उपविजेता खेलाडीलाई समापन कार्यक्रम मार्फत सम्मान तथा पुरस्कार वितरण गर्ने भनी रोकिएको थियो । तर साँझ ७ बजे एक्कासी भलिबलको फाइनल खेल रोकिए पछि समापन कार्यक्रम स्थगित गरिएको भन्दै जानकारी गराए पछि विजेता खेलाडीसँगै आगन्तुक अतिथी तथा दर्शक समस्यामा परेका छन ।
स्थगितको घोषणा गर्न लगाई शितगंगा नगर शिक्षा शाखाका प्रमुख तथा खेल संयोजक विनोद पोख्रेल कार्यक्रम स्थलमा देखा नै परेनन । १३ सदस्सीय खेल समितिका अन्य सदस्यहरुले समेत यस विषयमा अनविज्ञ रहेको बताए । भौगोलिक हिसाबले दुरदराजबाट खेल खेल्न आएका खेलाडी र खेल हेर्न आएका दर्शकहरु आयोजक प्रति आक्रोशित देखिएका थिए । खेलाडीको कुनै व्यवस्थापन नगरिकनै कार्यक्रम स्थलबाट हिडेपछि खेल समिति संयोजक पोख्रेल प्रति समिति सदस्य सुदन रानाले बिरोध जनाए ।
खेलाडी चैत्र ९ गतेदेखि नै आई बसेका र उनीहरूको लागि कुनै व्यवस्था नभएको भन्दै खेलाडीहरूले गुनासो गरेका छन । खेल सुरु भएदेखि खेलाडीको विषयमा सुविधा हुनुपर्ने भए पनि खेलाडीले सुविधा नपाएको विषयमा गुनासो गरेका छन ।
त्यस्तै उद्घाटन सत्रकै दिन नगरको खेलमैदान छाडेर अन्यत्र खेल खेलाउने विषयमा विवाद भएको थियो । नगरले आफ्नो नगर स्तरको खेल मैदानमा खेल नखेलाउनु आयोजकको कमजोरी रहेको स्थानीय बताउछन ।
संयोजकले मनोमानी रूपमा कार्यक्रम स्थगित गरिएको विषयमा खेल समितिका सदस्य सुदन रानाले समेत फितलो व्यवस्थापनका विषयमा विरोध गरेका छन ।
नगर प्रमुख छविलाल पौडेलले समेत व्यवस्थापन फितलो रहेको स्वीकारेका छन ।
चैत ९ गतेदेखि खेलकुद प्रतियोगिताको उद्घाटन भएको थियो । चैत ११ गते समापन गर्ने भनिए पनि आज मौसमका कारण केही समय खेल स्थगित गरिएको थियो । शितगंगा १ र २ बिचको हुने फाइनल खेल स्थगित पछि आजको समापन कार्यक्रम स्थगित गरिएको संयोजक विनोद पोख्रेलले रातोप्रेसलाई बताए ।
नगरले खेलका लागि रु. १२ लाख विनियोजन रकम विनियोजन गरेको छ ।