बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिव खनाललाई विशाल लुम्बिनी लोक दोहोरी अवार्ड

कपिलवस्तु । छोटो समयमै जिल्लामा निकै चर्चामा आएका शिव खनालले यस वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गाएकको विधाबाट अवार्ड जित्न सफल भएका छन ।

दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गायकको बिधाबाट अवार्ड जितेका हुन ।

उनले सालैजो गीत ”दिलमा बस्यो कलेजी खायो” बाट नव गायकको अवार्ड हात पर्न सफल भएका हुन् । खनाल कपिलवस्तुका चर्चित गायकका रुपमा चिनिन्छन।
अवार्ड हात पारेसंगै खनाल कपिल्वास्तुमै पहिलोपटक अवार्ड जित्ने गायक बनेका छन ।

‘मेरै बदनाम भो’ एल्वमको मार्मिक गितबाट सांगितिक क्षेत्रमा पाईला टेकेका शिव खनालका अहिले लोकप्रिय गितहरुमा आवाज दिईसकेका छन् । उनको चर्चित तीज गित ‘रातो साडी’, ‘फुरूरू पुतली’ लगाएतका तिजगीतहरुले छोटो समयमा नै निकै चर्चा बटुलेका थिए ।

गाएक खनाल सब ईन्जिनिएरका साथै रातोप्रेस डटकमका कलाकार ब्युरो प्रमुख समेत रहेका छन ।