बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

विद्यार्थी भन्छन्, “बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानललाई अवश्य जिताउछौँ”

कपिलवस्तु । चैत ५ गते देशैभरका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको समय तोकेको छ । जस अनुसार विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको माझमा गई निर्वाचनको प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

सोहि क्रममा जिल्लाको केन्द्रभागमा रहेको बुद्धभूमि क्याम्पसमा अनेरास्ववियु प्यानलले विद्यार्थीहरुका समस्याहरु औल्याउँदै विद्यार्थीहरुको हक हितका लागि अनेरास्ववियु प्यानललाई विजयी गराउन आग्रह गरेको छ ।

विभिन्न संघ संस्था तथा सामाजिक क्षेत्रका साथै अनेरास्ववियुमा रहेर विद्यार्थीहरुको पक्षमा काम गरेका बाबुराम गिरी अनेरास्ववियु प्यानलको तर्फबाट बुद्धभूमि क्याम्पसको स्ववियु सभापतिको उम्मेद्धवारको रुपमा निर्वाचनमा होमिएका छन ।

अनेरास्ववियुबाट सचिवमा सागर थारू चौधरी र कोषाध्यक्षमा दिपा तिवारीको उम्मेदवारी परेको छ । त्यस्तै सदस्यहरुमा प्रिंका थारू, दिलिप कुमार विक, दिलमाया कुँवर, खगिसरा खत्री मधु सुनारको उम्मेदवारी परेको छ ।

देश व्यापी रूपमा विगतमा अनेरास्वीयु नेतृत्वको स्ववियुले क्याम्पसहरुमा विद्यार्थीहरुको हक हितका लागि उत्कृष्ट काम गरेकोले यो निर्वाचनमा बुद्धभूमि क्याम्पसमा अनेरास्ववियु प्यानलले नै जित्ने निर्वाचन परिचालन कमिटीले दाबी गरेको छ ।

त्यस्तै क्याम्पसको शैक्षिक गुणस्तर र विद्यार्थीहरुका हरेक समस्य समाधानमा साथ दिनका लागि अनेरास्ववियु प्यानल निर्वाचनमा आएकोले विजयी गराउन क्याम्पस ईकाई कमिटीका अध्यक्ष सन्तोष राज बेल्बासेले आग्रह गरेका छन ।