शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

लाहापेमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

रातोप्रेस/लाहापे । शितगंगा नगरपालिका वडा नं. ८ मा आयोजित वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा लाहापे माविको प्राङ्गणमा प्रतियोगिता भएको हो ।

“सम्पूर्ण युवा एक होऔं, खेलकुदको विकास गरौँ ” भन्ने मुल नारा सहित भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

विजेता समूहहरु लाई पुरस्कार वितरण गर्दै वडा अध्यक्ष रूकेश आलेले ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेल क्षेत्रको विकास गर्नु स्थानीय सरकारको दायित्व रहेकोले दायित्व पूरा गर्न भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनु भयो । प्रतियोगिताले खेलाडीहरु लाई थप हौसला मिल्नुको साथै भलिबल खेलप्रति आकर्षण गर्दै खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनु भयो । विजयी टिमलाई बधाई दिदै अध्यक्ष आलेले सहभागी सबै टिमलाई वडाको तर्फबाट धन्यवाद प्रकट गर्नुभएको थियो ।

भलिबल प्रतियोगितामा लाङ्घाली युवा क्लब सी प्रथम, लाङ्घाली युवा क्लब बि दोस्रो र एकता युवा क्लब ए तेस्रो स्थान भएका थिए ।

भलिबल प्रतियोगिता तर्फ प्रथम, द्वित्तीय, तृतिय हुने समुहले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिएको छ ।

समापन कार्यक्रममा वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।