बिहिबार, जेष्ठ १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिको बैकुण्ठ धाममा “मकर नाहान मेला” लाग्दै

रातोप्रेस संवाददाता, कपिलवस्तु ।
जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ मा रहेको बैकुण्ठ धाममा माघ ६ गतेदेखि मेला लाग्ने भएको छ । मकर नाहानको अवसरमा बैकुण्ठ धाम निर्माण समितिले मकर नाहान मेलाको आयोजना गर्न लागेको हो ।

बैकुण्ठ धामको धार्मिक प्रचारप्रसार गर्न मेला आयोजना गरिएको समितिका सचिव राम प्रसाद अधिकारीले बताउनु भयो । उहाँको भनाई अनुसार बैकुण्ठधाममा मुख्य आकर्षणका रुपमा ड्रामा नाच कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

माघ ६ गतेको उद्‌घाटन पश्चात माघ ७ गते मकर नाहानको स्नान गर्ने, वैकुण्ठ धामको अवलोकन, विभिन्न जातजातिको खानाका परिकार विविध कार्यक्रम हुने भएको समितिका अध्यक्ष जगराम थारूले बताउनुभयो । त्यस्तै यस मेलाले धार्मिक पर्यटनको विकास र प्रवर्द्धनमा टेवा पुग्ने उहाँको दाबी छ ।

बुद्धभूमि- ९ इमिलियाबाट करिब २ किमी उत्तर लागेपछि मैरहवा स्थित वैकुण्ठ धाम आइपुग्छ । मकर नाहानमा परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धाममा स्नान गर्ने चलन छ । यसो गर्नाले पितृलाई शान्ति हुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

पहिलो पटक लगाउन लागिएको उक्त मेलामा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।