मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

लोकराज बेल्बासेद्वारा जाडोमा न्यानाे कपडा वितरण

रातोप्रेस/ सिद्धारा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० बर्रेमा जाडाेका लागि न्यानाे कपडा वितरण गरिएकाे छ । शितगंगा नगरपालिका वडा नं. १० बर्रेमा जन्मि एका लोकराज बेल्बासेले आफ्नो जन्मथलोका बालबालिकाको लागि जाडोका न्यानो कपडा वितरण गरेका हुन ।

हाल काठमाडौंमा कपडा उद्योग व्यवसाय सन्चालन गर्दै आएका समाजसेवी लाेकराज बेल्वासेले आफ्नै उद्योगमा उत्पादन भएका जाडाेका कपडा वितरण गरेका हुन ।

जाडाे बढेसंगै चिसाेका कारण बालबालिकामा पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी बर्रेका १ सय बालबालिकालाई जाडाेकाे कपडा वितरण गरेको वडा अध्यक्ष केशव प्रसाद बेल्बासेले बताए । उनले त्यस महान कार्यका लागि दाता लाेकराज बेल्वासे र उनकाे परिवार प्रती आभार प्रकट गरेका छन ।

लोकराज बेल्बासे