शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

बराहा दहको प्रचार प्रसारको लागि यस वर्षपनि मेला आयोजना गरिने

रातोप्रेस, अर्घाखाँची ।
गोही पाइने दहको प्रचारप्रसार गरी पर्यटकिय रुपमा प्रवर्धन गर्न यस वर्ष पनि माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको छ ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ स्थित बराहा दहमा माघ १ गते नवौँ बराहदह माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको हो ।

मेला शितगंगा नगरपलिका वडा नं. ९ को आयोजना र प्रगतिशिल युवा क्लबको सहजिकरणमा हुने बताईएको छ ।

पूर्व पश्चिम सडक दाङ जिल्लाको धानखोला देखि करिब १० कि.मि. उत्तरमा पर्ने ठाडाखोला र लामिदमारको बीचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दह छ । किवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह रहेको विश्वास गरिन्छ ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् र माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गर्छ ।

दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सोंचेको पुग्ने, पापनष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।
यस्तो महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगतका वर्षहरू देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ । दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार एवं विकास गर्न सबै पक्ष लाग्नु पर्ने वडा अध्यक्ष भिम केसी बताउछन । दहलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रवर्धनको लागि यस वर्ष पनि सभ्य र भव्य रुपमा नवौँ बराहदह माघि एवम् सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको अध्यक्ष केसीले बताए ।

कार्यक्रम सफल बनाउन विभिन्न उपसमितीहरू समेत गठन गरिएको छ । कार्यक्रममा सांस्कृतिक झाँकी प्रर्दशनका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । स्थानिय कला प्रतिभाको उजागर गर्ने उद्देश्यले नृत्य प्रतियोगिता समेत आयोजना गरिएकोले सहभागीताको लागि आयोजकले विभिन्न संघ संस्था, क्लब, विद्यालय तथा समूहहरुलाई अनुरोध गरेको छ ।

जिल्लामा गोही पाइने एक मात्र स्थलको विकास तथा प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत विभिन्न संचार माध्यमहरु यतिबेला लागि परेका छन ।

सोही अवसरलाई मध्यनजर गरी ठाडाखोलामा वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । यही पौष २८ गतेबाट सुरु हुने शितगंगा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ ।

https://www.facebook.com/852611731771897/posts/pfbid02rByQH4UVBFH6W4Yoqj7cwXKiS7jns6w7k7GonGXhE2ZDAuVGJqwLwRpzAp3SKKgNl/?app=fbl

ठाडाखोलामा हुने प्रतियोगितामा शितगंगा नगरपालिका भरिका वडास्तरीय टोलीले सहभागिता जनाउन पाउने वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी दिए ।

शितगंगा नगरपालिका भित्र रहेका विभिन्न संस्था, क्लब, समुह तथा खेलप्रेमीहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको भट्टराईले बताए । प्रत्येक टोलीमा नौ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्तवना हुने टोलीलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जानकारी दिए । नगरपालिकाका युवाहरूबीच सद्भाव, एकता एवं मनोरञ्जन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।