
रातोप्रेस/ सिद्धारा ।
अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । यही पौष २८ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक शितगंगा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ ।
https://www.facebook.com/852611731771897/posts/pfbid02rByQH4UVBFH6W4Yoqj7cwXKiS7jns6w7k7GonGXhE2ZDAuVGJqwLwRpzAp3SKKgNl/?app=fbl
ठाडाखोलामा हुने प्रतियोगितामा शितगंगा नगरपालिका भरिका वडास्तरीय टोलीले सहभागिता जनाउन पाउने वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी दिए ।
शितगंगा नगरपालिका भित्र रहेका विभिन्न संस्था, क्लब, समुह तथा खेलप्रेमीहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको भट्टराईले बताए । प्रत्येक टोलीमा नौ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्तवना हुने टोलीलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जानकारी दिए । नगरपालिकाका युवाहरूबीच सद्भाव, एकता एवं मनोरञ्जन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
वडा कार्यालयद्वारा प्रकाशित सूचना !
वडा अध्यक्ष कप प्रतियोगिता सम्बन्धी सूचना
—————————————–
शितगंगा नगरपालिका वडा नं. ९ को आयोजनामा यहि पौष २८ देखि ३० गतेसम्म हुने वडा अध्यक्ष कप भलिबल प्रतियोगिता वडाको खेल मैदानमा आयोजना हुने भएकाले शितगंगा नगरपालिका भित्रका क्लब, समूह तथा खेल खेल्न इच्छुक खेलप्रेमी महानुभावहरु सम्पूर्णमा सहभागिताको लागी हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमहरु :
—————
भलिबल प्रतियोगिता
दर्ता शुल्क :- १०००/- (एक हजार मात्र)
दर्ता मिति :- २०७९ पौष २८ गते बिहान १० बजेसम्म मात्र
खेल संचालन:- २०७९ पौष २८ गते बिहान ११ बजेदेखी सुरू
पुरस्कारहरु :
————–
प्रथम पुरस्कार :- ३०,०००/- (तिस हजार)
द्वितिय पुरस्कार :- २०,०००/- (बिस हजार)
तृतिय पुरस्कार :- १५,०००/- (पन्ध्र हजार)
सान्तवना पुरस्कार :- १०,०००/- (दश हजार)
– साथमा शिल्ड, मेडल र प्रमाण पत्र
थप जानकारीको लागी सम्पर्क
————————————–
भिम बहादुर केसी (वडा अध्यक्ष) : ९८५७०६१३३८
हेमन्त कुमार भट्टराई (वडा सचिव) : ९८५७०६९८०९
सिंह घर्ती (वडा कर्मचारी) : ९८६८२३१४६७