बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

राष्ट्रिय लोक तथा दोहोरीक गीत प्रतिष्ठान कपिलवस्तुको नयाँ नेतृत्व चयन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा शारदा खनाल चयन भएकी छिन ।

हिजो सोमबार प्रतिष्ठानका केन्द्रीय, प्रदेश र जिल्लास्तरीय नेताले खनाललाई अध्यक्ष बनाएका हुन ।
अध्यक्षमा चयन भएकी खनाल प्रतिष्ठानकी निवर्तमान महिला उपाध्यक्ष हुन ।

लामो समयसम्म नेतृत्वमा विवाद हुँदा अध्यक्ष टुंगो लागेको थिएन ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा दीपक भण्डारी, द्वितीय उपाध्यक्षमा सुमन पौडेल, महिला उपाध्यक्षमा वर्षा लम्साल, सचिवमा अशिम कडेल, सह–सचिवमा विनोद रन्जन, कोषाध्यक्षमा मिसन भुसाल, सह–कोषाध्यक्षमा रिता खनालले जिम्मेवारी पाएका छन् ।

यस्तै सदस्यहरुमा भक्तिराम घिमिरे, हरि आचार्य, कृष्ण पाण्डे, बिनोद खनाल, शंकर प्रसाद न्यौपाने, डोल बिक्रम पल्ली, लिल बहादुर कुुँवर र नवराज न्यौपाने रहेका छन् ।

प्रतिष्ठानको निवर्तमान अध्यक्ष थानेश्वर अधिकारी हुन् । उनले दुई कार्यकालसम्म जिल्लाको नेतृत्व सम्हालेका थिए । प्रतिष्ठानका गायक, गायिका, सर्जक र शुभचिन्तक गरी करिब दुई सय साधारण सदस्य छन ।