बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

जाडोबाट कसरी बच्ने ?

जाडोमा न्यानो चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न ध्यान दिनुपर्ने बताउँछन्। जाडोमा खासगरी हातखुट्टा, अनुहार (एक्स्पोज हुने भागको) छाला फुट्ने, फुस्रो हुने हुन्छ। यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ।

जाडो मौसम शुष्क हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ।  चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ। घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ। भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य छ । चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन। चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ। जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ। यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ। चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ। यस्तै सुप, दाल, खिचडी र रेसादार साग-सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ।

जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी पनि हुन्छ। श्वासप्रश्वास तथा छातीमा समस्या देखिनुका साथै आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ। शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्छ। चिसो समयमा वातावरणमा उत्पन्न भाइरसले छिटो आक्रमण गर्छ। यो बेलामा सकभर चिसो नलागोस् भनेर ध्यान पुराउन जरुरी छ ।

चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउँछ। यस्तै सुप, दाल, खिचडी र रेसादार साग-सब्जी पर्याप्तमात्रामा खाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ। जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। महमा आइरन पाइन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। चिकित्सकका अनुसार जाडोमा तातो खाना खाँदा शरीरलाई लाभदायी हुन्छ। तातो खाना मात्र नभइ शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ। स्वादका लागि मात्र तातो खानेकुरा खानु नखाइ शरीरको ताप बढाउने खाले खानेकुरा खानुपर्ने चिकित्समको सुझाव छ। जाडो मौसममा चिसो खाना खादाँ शरीरलाई कहीँ न कहीँ असर पुराएकाे हुन्छ। शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा हो। यसले रुघाखोकीलगायत चिसोबाट लाग्ने रोगबाट बचाउन मद्दत गर्छ। अदुवाको जुनसुकै तरिकाबाट सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ। अदुवा पोलेर पनि खान सकिन्छ। चियामा राखेर र खानामा मसलाका रूपमा पनि प्रयोग गरेर सकिन्छ। चिसो मौसममा युवाभन्दा बुढाबुढी र केटाकेटीलाई रोगले छिटो आक्रमण गर्छ। मानिसको उमेर बढेसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ। यसबाट जोगिन धेरै कुरामा ध्यान दिनुपर्छ। चिसोबाट बच्न वृद्धवृद्धाले बाक्लो लुगा लगाउनुका साथै घाम तथा आगो÷हिटर ताप्नुपर्छ। नियमित रूपमा सुन्तला, स्याउलगायत फलफूल खानुपर्छ। फलफूलमा हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले चिकित्सकले नियमितरूपमा फलफूल खान सुझाव दिन्छन्। चिसो मौसममा बृद्धबृद्धालाई दम र बाथले बढी सताउँछ। बालबालिकालाई निमोनिया र रुघाखोकीजस्ता रोगले क्रामण गर्छ। आहारबिहार, खानपानमा ध्यान दिन सके जाडो मौसममा रोगले आक्रमण गर्न सक्दैन । मौसम अनुसारको जीवनशैली बनाउन सक्नुपर्ने चिकित्सकको सुझाव छ।

स्राेतः https://annapurnapost.com/news/jaaddobaatt-ksrii-bcne-143976