आइतवार, माघ ८, २०७९

Ratopress

Advertisment

SKIP THIS

सिद्धारा महिला सहकारीको छैठौँ साधारण सभा सम्पन्न (फोटोफिचर सहित)

रातोप्रेस संवाददाता, अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा नं. ९ र ११ को सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको छैठौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

शितगंगा -११ मौवावारीमा संस्थाको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

वडा नं. ९ र ११ का सहभागी शेयर सदस्य महिलाहरु

वार्षिक साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले सहकारी मार्फत सहकार्य गरेर आर्थिक समृद्धिको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । सहकारीमा आवद्ध शेयर सदस्यहरु सहकारीबाट प्राप्त ऋणलाई उत्पादनमा जोडी आत्मनिर्भर बन्न महिला दिदीबहिनीहरु अनुरोध गर्नुभएको थियो । भौगोलिक रुपले विकट क्षेत्र भएपनि सहकारीमा महिला दिदीबहिनीहरुको कृयाशिलताको प्रशंसा सहित शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रदेश सदस्य रामजी प्रसाद घिमिरे

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शितगंगा नगरपालिकाका नगर उपप्रमुख गीता भाटले नगरका महिला दिदी बिहिनीहरु लाई उद्यमशील बनाउनको लागि विशेष प्राथमिकताको साथ लगानी गरिरहेको बताउनु भयो । सहकारी मार्फत अनुदान वितरणको कार्यक्रम भएकाले सबै शेयर सदस्यहरुले कृषि तथा पशुपालन मार्फत आयआर्जनमा वृद्धि गर्न अनुरोध गर्नुभयो । सिद्धारा महिला सहकारी संस्थाकोे लागि आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने भाटले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नगर उप-प्रमुख गीता भाट बोल्दै

त्यसैगरी कार्यक्रममा शितगंगा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिम बहादुर केसीले सहकारीको महत्वको बारेमा प्रकाश पार्दै सहकारीलाई सफल बनाउन सबै शेयर सदस्यहरू संग आग्रह गर्नु भएको थियो ।

वडाध्यक्ष भिम केसी बोल्दै

त्यसैगरी कार्यक्रममा शितगंगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नवराज भुसालले सहकारी संस्थाले स्थापना काल देखिनै व्यवसायिक कृषि तथा पशुपालनको लागि योजना हरू तर्जुमा गर्दै आएको, प्रतिकुल परिस्थितिमा पनि महत्वपुर्ण कार्य गरेकोमा संस्थाका पदाधिकारीहरू लाई धन्यबाद दिदै आफु र वडाकार्यलयको तर्फ देखि सहकारीलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

वडाध्यक्ष नवराज भुसाल बोल्दै

कार्यक्रममा वडा नं. ११ का अग्रज समाजसेवी नारायण प्रसाद आचार्य लगाएतका महानुभावहरुले सहकारीको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

२०७३ चैत्र १४ गते दर्ता भएको यस संस्थामा ३५ जना सेयर सदस्याबाट हाल ६ सय ४० जना सेयर सदस्य रहेका छन् । सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा गतवर्षको ७८,६६,२८०.८२ बाट यस वर्ष ८६,७२,०२०.७० रुपैया कूल पूँजी पुगेको छ ।

साथै सोही अवसरमा २०७५/२०७६ को अडिट रिपोर्ट अनुमोदन, प्रतिवेदन प्रकाशन गरी साधारण सभामा संस्थाको आ.व. ०७८/७९ मा गरेका कार्यहरू र ०७९/८० का लागि प्रस्तावित निती तथा कार्यक्रमहरु साधारण सभाबाट अनुमोदन गरेको छ ।

साथै सोही कार्यक्रममा उप प्रमुख गीता भाटले व्यक्तिगत रूपमा सय भन्दा बढी महिला दिदी बहिनीहरुलाई चप्पल वितरण गर्नुभएको थियो ।

सोही साधारण सभा कार्यक्रममा महत्वपूर्ण योगदान पुर्‍याउने जनप्रतिनिधी तथा संचालक सदस्यहरू लाई सम्मान गरेको छ ।

जनप्रतिनिधी तथा पूर्व समिति सदस्यहरू सम्मानित हुदै

खुलासत्रको कार्यकम सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाको अध्यक्ष दिलमाया घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो । जसमा वडा नं. ९ र ११ का जनप्रतिनिधी विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू लगायतको उपस्थीति रहेको थियो ।

त्यस्तै बन्दसत्र पछि विभिन्न कारणले बहुमत सदस्यहरुले राजिनामा दिएकाले उर्मिला थापाको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति गठन गरिएको छ ।

सिद्धारा महिला सहकारीको नयाँ कार्य समिति

कार्यक्रम सहकारीको व्यवस्थापक गीता गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।