
अर्घाखाँची । शितगंगा नगरपालिकामा ७ सय घरधुरीले जनता आवास अन्तरगत टिनकाे छाना प्राप्त गर्ने भए छन । गत ५ बर्ष देखि खरकाे छानाेमुक्त अभियान सुरु गरेकाे नगरपालिकाले अहिले सम्म पनि पूरा गर्न सकेकाे थिएन ।
प्रदेश सरकार र स्थानिय सरकारले बजेट बिनियाेजन गरेर काम गरिरहे पनि २ बर्ष सम्म ठेक्कानै नभए पछि खरकाे छानाभएका नागरिक निरास थिए । शितगंगा नगरपालिकाकाे प्रारम्भिक अनुमान अनुसार नै ७ साय घर खरकाे छानाे मुक्त हुन बाँकी रहेका छन । साेहि अनुसार शहरि बिकास मन्त्रालयमा माग गरे बमाेजिमकै सख्यामा निर्णय समेत भएकाे शहरी बिकास मन्त्री मेटमणी चाैधरीका स्वकीय सचिव नारायण शर्माले जानकारी दिनु भयाे ।
आफ्नै नगरबासीहरु खरकाे छानाे मुक्त हुने कुरा आफ्नाे लागि पनि खुशीकाे कुरा रहेकाेले नगरले बाँकी रहेका भनेकाे सख्यामै निर्णय गराएकाे शर्माले बताउनु भयाे ।
यस्तै शर्माकै पहलमा शहरि बिकास मन्त्रालय मार्फत नागरिक आवास कार्यक्रम अनतरगत हाम्रो शितगंगा सन्धिखर्क नगरपालिकामा ६०० र भुमिकास्थान नगरपालिकामा २५० घर छनाेट भएका छन ।
यस्तै शर्माले शितगंगा नगरपालिकाकै प्रमुख सडक अमराइ जुकेना लामाताल सडक बर्षाै सम्म पनि स्तरउन्नति नभएकाे पनि आफ्नै पहलमा यश पटक कालाेपत्रे सुरुवात गर्ने गरि बजेट बिनियाेजन समेत भएकाे र अब छिटै ठेक्काकाे प्रकृयामा जाने शर्माले बताउनु भयाे ।