बिहिबार, जेष्ठ १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १ दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम शितगंगामा सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आयोजनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तरगत एक दिने अभिमुखिकरण तथा अन्तरकृया सम्पन्न भएको छ ।

सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्ध अभियान भन्ने मुल नारा सहित विभिन्न क्षेत्रका महिला अगुवा तथा जनप्रतिनिधीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता उप प्रमुख गिता भाट विषेश आतिथ्यता रहेको थियो । प्रमुख प्रसासकिय अधिकृत झविन्द्र खनाल र इलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज होमनाथ रेग्मी प्रसिक्षकको भुमिकामा रहनु भएको थियो । साथै वडा देखि कार्यपालिका सम्मका जनप्रतिनिधी महिला स्वास्थ्य स्वयम सेविका सहकारीमा अवद्ध महिला दिदी बहिनी सुरक्षा निकाय,  पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्षणात्मक मन्तव्य राख्दै प्रमुख प्रसासकिय अधिकृत झविन्द्र खनालले लैङ्गिक हिंसा सम्बन्धी लैङ्गिक अवधारणाको विषयमा विभिन्न शिर्षकमा रहेर प्रष्ट पार्नुभयो ।

साथै इलाका प्रहरी कार्यलय ठाडाका प्रमुख होमनाथ रेग्मीले लैङ्गिक हिंसा विरुद्धका कानुनी व्यावस्थाको वारेमा विभिन्न बुदामा रहेर सविस्तार जानाकारी गराउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख गिता भाटले लैङ्गिक हिंसालाई न्युनिकरण गर्न सकेमा विकासको एउटा इटा थपिने बताउनु भयो ।
कायक्रमको समापन गर्दै नगर प्रमुख छविलाल पौडेलले यो शन्देस नगरको दुर दराज सम्म पुर्‍याउन नगरपालिकाले जोड दिने र सून्यमा पुर्‍याउने यो कार्यक्रमले लैङ्गिक हिंसा सुन्यमा पुर्‍याउन कोसेढुङ्‌गा सावित हुने बताउनु भयो ।

कार्यक्रम नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता रोजगार संयोजक नरमाया शुवेदीको स्वागत मन्त्व्य र महिला शाखा प्रमुख रमा पाण्डेको संचालनमा सम्पन्न भयो ।