बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

सिद्धाराको मथुरामा एकादशी मेला तथा साँस्कृतिक कार्यक्रम हुने

अर्घाखाँची (सिद्धारा)। शितगगां नगरपालिका वडा नं. ९ मथुरा डाडामा आयोजना हुने मथुरा एकादशी मेला एवम सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । एकता मगर समाजको आयोजनामा हुने उक्त कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढेको बताईएको छ । बिहिबार साँझ ७ बजे देखि सुरु हुने सो कार्यक्रममा उपस्थितीको लागि आयोजकले सबैैलाई आग्रह गरेको छ ।

सिद्धाराको एक मात्र पुरानो मेलाको गौरवमय धार्मिक इतिहास बोकेको मथुरा मेलाको संरक्षण गर्न युवाहरू जुटेका छन । सयौँ बर्ष पहिले देखि एक गौरवमय धार्मिक इतिहास बाकेको मथुरा डाँडा ऐतिहासिक स्थल रहेको छ । यस क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक रुपमा प्रचारप्रसारका लागि विगत वर्ष देखि मेला आयोजना गर्न लागेको कार्यक्रम संयोजक घनु गाहाले बताए ।

मथुरामा मेला हेर्न विगत सिद्धाराबाट बसाईसराई गरी दाङ, प्यूठान, कपिलवस्तु बस्दै गरी आएका जिल्लाहरुबाट दर्शक आउने गर्छन् । हरीबोधनी एकादशीको अघिल्लो दिन साँझ देखि मेला लाग्ने गर्छ । यस क्षेत्रको व्यापक प्रचार प्रसार तथा प्रवर्द्धन गर्न भन्दै विविध कार्यक्रमको साथ यस क्षेत्रमा मेला आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

साथै उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरुको समेत उपस्थिती रहने बताइएको छ । मेला कार्तिक १७ गते साँझ ७ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।

मेलामा स्थानीय कला संस्कृतिको प्रदर्शनका साथै मिसन भुसाल, अनिता क्षेत्री, गोविन्द रसायली, भक्तिराम घिमिरे, लक्ष्मी बेल्बासे लगाएत कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती हुनेछ । त्यस्तै विभिन्न क्लब, देउसी समुहबाट पुरानो संस्कृति सहितको देउसी भैलोसहित सोरठी, झुमरा, खेली, घर्रा, लगाएतका नृत्य प्रर्दशनी हुने आयोजकको भनाइ छ ।