बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तु फोटोग्राफर संघको १०औं वार्षिक साधारणसभा सम्पन्न

भक्तिराम घिमिरे/ कपिलवस्तु ।

कपिलवस्तु फोटोग्राफर संघको १० औं वार्षिक साधारणसभा शनिवार जितपुरमा सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख मेयर चक्रपाणी अर्यालले आफै फोटो खिच्दै फोटोग्राफी पेसा मर्यादित पेशा भएकोले सस्थालाई र संघका सदस्यहरुलाई दक्ष बनाउनको लागि विभिन्न तालिमहरु संचालन गर्न नगरपालिकाको सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि फोटोग्राफर संघका केन्द्रिय संयोजक महेन्द्र उपाध्याय, इलाका प्रशासन कार्यलय वाणगङाका ना.सु धर्मराज न्यौपाने, वाणगङा नगरपालिका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरे, बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुशील कुमार चौधरी, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिराम पन्थ, कपिलवस्तु फोटोग्राफर संघका निवर्तमान अध्यक्ष इन्द्रमणी बेल्बासे लगायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र बेल्बासेले संस्थाको प्रगति प्रतिवेदन एवं भावी कार्ययोजना पेश गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ फोटोग्राफर सङ्खर प्रसाद खनाल र कृष्ण प्रसाद पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आगामी दिनहरुमा पनि अग्रज तथा उत्कृष्ट फोटोग्राफरहरुलाई सम्मान गरिने संघका निवर्तमान अध्यक्ष इन्द्रमणी बेल्बासेले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य आशिष चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचीव कर्ण बाहादुर तिवारीले गर्नुभएको थियो ।