बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

साना किसान इमिलियाको १८ औं साधारणसभा तथा ६ औँ अधिवेशन सुरु

भक्तिराम घिमिरे/ कपिलवस्तु ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड बुद्धभुमी नगरपालिका–९ इमिलिया, कपिलवस्तुको १८ औं वार्षिक साधारणसभा तथा ६ औं अधिवेशन मंगलबार देखि सुरु भएको छ । बुद्धभुमि–९ स्थित श्री माविको सभा हलमा आयोजना गरिएको साधारणसभा तथा अधिवेशनको अध्यक्षता चन्द्रकला भट्टराईको रहेको थियो भने प्रमुख अतिथि बुद्धभुमी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रमोद आचार्यले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष आचार्यले यस क्षेत्र इमिलियाको साना किसान सहकारी संस्थाले उदाहरणीय कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै सस्थाका शाखा प्रवन्धक बलराम भुसालले सस्थालाई एटीएम सहित थप सेवा अगाडि बड्ने, किसानलाई विशेष सुविधा उपलब्ध गराउने प्रतिवद्दता गर्नुभयो ।

कार्यक्रममा पुर्व सन्चालक समिति, समाजसेवी, बुद्धिजीवी, शेयरधनी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । विभिन्न वडाबाट योग्य सदस्य चुन्नु पर्ने हुँदा अधिवेशन १महिना लम्बिन सक्ने संस्थाका निवर्तमान अध्यक्ष नवराज लामिछाने (भुपाल) ले जानकारी दिनुभयो ।