बुधबार, मंसिर २१, २०७९

Ratopress

Advertisment

SKIP THIS

शितगंगा – ७ का पहिरो पीडित १६ घर परिवार आफन्तकोमा बास

विक्रम आचार्य/ शितगंगा ।

असौज १८ गते राति देखि परेको अविरल वेमौसमी वर्षाका कारण माथिवाट पहिरो जादा शितगंगा नगरपालिका वडा नं. ७ को सिङ्गो गाउँ तिमले सहित अन्य ठाउ गरि १६ घर परिवार विस्थापित भई आफन्तकोमा वास वसिरहेका छन ।

माथिवाट पहिरो ढुङ्‌गा सहित खस्न थालेपछि हामि आफन्तकोमा गयर वास बसेका छौं पशुचौपाया खेतमा छाप्रो बनायर राखेका छौं घरमा बस्न त्रास छ , कतिवेला माथिवाट ठूला ढुङ्‌गा आयर च्याप्छ कि भन्ने त्रास छ विजोग भयो अब हामि के गरौ सोच्नै सकियको छैन आपत्ति आइलाग्यो भक्कानिदै पिडित नुम बहादुर गरौजाले बताउनु भयो ।

हामिले गाउँका छिमेकि मिलेर आफन्तकोमा वस्ने व्यावस्था र पशुचौपायलाई छाप्रो बनाईदियर सहयोग गरेका छौं पूर्व वडा सदस्य तथा नेकपा जनमोर्जा नेता जोग बहादुर सारुले बताउनु भयो ।

शितगंगा ७ मा तिमले गाँउमा ७ घर, थाकलपानी गाउँमा ६ घर, चिउरामाटि खनियापनि २ घर, रातामाटा थाक्लेनी गाँउमा १ घर गरि १६ घर परिवार विस्थापित भयको सबै क्षेत्रमा अनुगमन गरेको सबै पिडितलाई भेटि वडा कार्यलय संगै रहेको आश्वासन दिएको विभिन्न संघ संस्थामा हार गुहार गरियको तर आफ्नो नगरपालिका बाट अनुगमन नहुदा आफ्नो वडामा विपत पर्दा नगरपालिका मुखर्दर्शक बनेको वडा नं. ७ का वडा अध्यक्ष देविराम घिमिरेले बताउनु भयो ।

साथै सबै क्षेत्रमा अनुगमन गरेको र वडावाट हुने सहयोग कुनै कसर नराखी गर्ने वडा अध्यक्ष घिमिरेले बताउनु भयो ।

आफन्तकोमा बास बस्दा वृद्धा आमा बुवा स-साना बच्चा बच्ची लाई असहज हुने भयकोले हाम्रो आपत विपत्‌को समयमा अभिभावकत्व ग्रहण गर्नुपर्ने नगरपालिकावाट सम्बन्धीत स्थानको स्थलगत अनुगमन गरि व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।