बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

कपिलमुनी सामुदायिक वनको १३ औं साधारणसभा सम्पन्न

कपिलवस्तु । कपिलमुनी सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमी-१ कपिलवस्तुको १३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
कपिलमुनी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लेखा समिति सम्योजक सुना दर्लामिले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सब डिभिजन वन कार्यलय बडहराका रेन्जर हेमराज पण्डितद्वारा उदघाटन भएको कार्यक्रममा कोषाध्यक्ष टान बहादुर केसीले आयव्यय विवरण प्रस्तुत गरेका थिए । समुहका उपाध्यक्ष रिशिकेश शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन मोहन शर्माले गरेका थिए ।

कार्यक्रममा अपांग तथा जेष्ठ नागरिकहरु लाई सम्मान गरिएको थियो ।