बुधबार, मंसिर २१, २०७९

Ratopress

Advertisment

SKIP THIS

एकीकृत अखिल शिक्षक संगठन सन्धिखर्कको दोस्रो नगर सम्मेलन सम्पन्न, अध्यक्षमा चिरञ्जीवी भुसाल

सन्धिखर्क । एकीकृत अखिल नेपाल शिक्षक संगठन सन्धिखर्क नगर समितिको दोस्रो नगर सम्मेलनबाट चिरञ्जीवी भुसालको अध्यक्षतामा २१ सदस्यीय नगर समितिको सर्बसम्मत निर्वाचित भएको छ । जसको वरिष्ट उपाध्यक्षमा कृष्ण जिसी, महिला उपाध्यक्षमा लक्ष्मी भुसाल, उपाध्यक्षमा नारायण घिमिरे, सचीवमा सुमन पोख्रेल र अर्थसचिवमा बिक्रम भुसाल निर्वाचित भएका छन ।

उक्त कार्यक्रमको अध्यक्षता रबिन्द्र खड्का प्रमुख अतिथि माओवादी केन्द्रका अर्घाखाँची जिल्ला संयोजक राजेन्द्र भुसाल, विशिष्ट अतिथि संगठनका जिल्ला अध्यक्ष युबराज भुसाल, विशिष्ट अतिथि केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष माधवा भुसाल, अतिथिमा नेकपा (माओवादी केन्द्र) सन्धिखर्क नगर अध्यक्ष कृष्णहरि भुसाल लगाएतका वक्ताहरुले सो अधिवेशनको शुभकामना दिएका थिए । मन्तव्यका क्रममा वक्ताहरूले शिक्षकहरुको हक अधिकारको प्राप्ति र समग्र शैक्षिक प्रणालीको सुधारार्थ संगठनहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।