बिहिबार, जेष्ठ १८, २०८०

Ratopress

Advertisment

SKIP THIS

चार राजनीतिक दलको निर्वाचन बहिष्कार गर्ने घोषणा

काठमाडौं । विभिन्न चार वटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । काठमाडौं बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निणर्य गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालले रहेका छन् ।