शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बाल आविमा २६ वर्ष अध्यापन गरेका शिक्षक आचार्यको विदाई

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ ठाडाखोला स्थित बाल आधारभूत विद्यालयमा एक कार्यक्रमका विच विद्यालयका शिक्षक बाबुराम आचार्यको औपचारिक रुपमा विदाई गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश डाँगीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा विगत २६ वर्ष देखि अनवरत रुपमा खटि विद्यालयको गरिमालाई बढाउन महत्वपूर्ण कार्य गरेका आचार्यलाई विद्यालय परीवारले विदाई गरेको छ । उनी घर पायक अन्यत्र विद्यालयमा सरुवा भएको कारण सम्मानका साथ विदाई गरिएको हो ।
वि.व्य.स. अध्यक्ष गणेश डाँगीले पहिला विद्यालयको शैक्षिक, आर्थिक, भौतिक लगायत सबै पक्षको अवस्था अत्यन्तै नाजुक रहेको र विद्यालयमा आचार्यको प्रवेश पश्चात विद्यालयले काचुली फेरेको कुरा स्मरण गरे । आचार्यको पहलमा थुप्रै समस्याहरुको समाधान गर्दै सक्रिय रुपमा विद्यालयको गुणस्तर अभिवृद्धिका लागि कार्य गरेको स्मरण गरे । विदाई भएर जाने शिक्षकप्रति आभार प्रकट गर्दै सफल जिवनको शुभकामना दिएका थिए ।
विदाइ कार्यक्रममा बोल्ने वक्ताहरूले बिदाई भएर जाने शिक्षक आचार्यको योगदानको कदर गर्दै भावी पुस्ताले पनि भविष्यमा यसरीनै योगदान पुयाउनुपर्ने बताएका थिए ।
उक्त अवसरमा बोल्दै आचार्यले आफुले विद्यालयमा अध्यापन गराउँदै आउँदा कतिपय कमि कमजोरी हुन सक्ने र त्यसमा क्षमा माग्दै सकारात्मक पक्षलाई अगाल्न आग्रह गर्दै आगामी दिनमा अगाढी बढ्न अविभावक तथा विद्यार्थी लगाएत सबैलाई आग्रह गरेका थिए । विद्यालयको त्यो अवस्था देखि यो अवस्थासम्म आएको देख्दा आफु निकै खुसी हुने गरेको बताए । आचार्यले निकै भावुक भएर विद्यालयको लागि दिनरात पसिना बगाएको भन्दै यो गरिमालाई बचाउन विद्यालय परीवारलाई आग्रह गरे । उनले विद्यालयको सम्पूर्ण विगतका कुरालाई सम्झदै विभिन्न परीस्थितीबाट विद्यालय गुज्रिदै वर्तमान अवस्थामा आएको बताए ।